Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नारायणी मलबाट हराएको मोटरसाइकल वडा प्रहरीले फेला पारी धनिलाई बुझायो

IMG_20191226_175553-1577362603.jpg

मोटरसाइकल बुझाउदै प्रहरी निरीक्षक भण्डारी

१०पुस,हेटौंडा।वडा प्रहरीले साटिएर हराएको दुइवटा मोटरसाइकल फेला परी सम्बन्धित धनिलाई बुझिएको छ।

हिजो बुधबार हेटौंडा ४मा रहेको नारायणी मल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा हेटौंडा ६ चौघडा निवासी सुरज न्यौपानेको नाममा रहेको ना १२प ७०५८ नम्बरको मोटरसाइकल र हेटौंडा १६ हटिया निवासी नवराज पनेरुको नाममा रहेको मोटरसाइकल हेटौंडा ४ नारायणी मलबाट हराएको थियो।

हराएको उक्त दुईवटा मोटरसाइकल आज बिहिबार फेला पारी  सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ ।मोटरसाइकल हराएको भन्ने सुचना पाएलगत्तै वडा प्रहरी कार्यालय हेटौडाको टोलिले खोजिकार्य तिव्र बनाएसँगै आज बिहिबार फेला परेको थियो।

यातायात व्यवस्था कार्यालयसंग विवरण माग गरि अनुसन्धान गर्दा साटिएको अवस्थामा दुइवटै मोटरसाइकल फेला पारेर सम्बन्धित धनिलाई हस्तान्तरण गरेको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।अनुसन्धान गर्दा भुलबस दुबै जनाले एक अर्काको मोटरसाइकल लगेको पाइएकोले हामीले दुवै सवारी धनिलाई कार्यालय परिसरमै बोलाएर मोटरसाइकल बुझाइएको निरीक्षक भण्डारीले बताएका छन्।वडा प्रहरी कार्यालयले यस अघि पनि हराएको मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार