१२ पुस, मोरङ । आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो, यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको भएको खबर कान्तिपुरमा छ । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन् । उनीहरुले शुक्रबार ८ सय जनालाई बासमती चामलको भात र राजमाको तरकारी खुवाए ।
स्थानीय समाजसेवी दिलिप धाडेबाल, दिपक पौडेल, नन्द तापडिया, आमोद कुईंकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा घर प्याक खाना खुवाइरहेका हुन् । अहिले करिब ८ सय जनालाई भात र तरकारी पेटभरि खुवाउँदा दैनिक १५/१६ हजार खर्च भइरहेको धाडेबालले बताए। ‘दैनिक खाना खुवाउनका लागि सहयोगी हातहरुले सघाइरहेका छन्,’ उनले भने, ‘कसैलाई आफ्नो नामबाट खाना खुवाउन चाहेको अवस्थामा ११ हजार रुपैयाँ लिएर हामीले उनीहरुको नामबाट खाना खुवाउँछौं।’
बजारमा शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरुले यो अभियान सुरु गरेको धाडेबालले बताए। ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका छौं,’ उनले भने, ‘यसलाई देशभरि पुर्याउने लक्ष्य छ।’ सहयोगी हातहरुबाट सहयोग जुटाएर निःशुल्क खाना पनि खुवाउन सकिने तर सबै मानिस खान नआउने भएकाले १० रुपैयाँ शुल्क तोकेर शुद्ध खाना पेटभरि खुवाउने अभियान सुरु गरेको मनोज भगतले बताए। ‘निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी, गरिब सबैलाई बराबर १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा होम डेलिभरी खाना दिइरहेका छौं।’
उनले दैनिक ५०/६० किलो तरकारी र ६० किलो जति बासमतीको चामल दैनिक खपत भइरहेको बताए । काली मन्दिर अगाडी दैनिक भीख माग्नेहरु बसिरहेको र उनीहरुलाई दान गर्नेहरुले १० रुपैयाँ दिने गरेका थिए। ‘दाताले पुण्य कमाउन १० रुपैयाँ दान गर्थे तर उनीहरुमध्ये कतिपयले त्यो रुपैयाँले मदिरा खाइदिने गर्दथे,’ उनले भने, ‘त्यसैले अब दाताहरुलाई पनि १० रुपैयाँमा पेटभरी खाना खुवाएर पुण्य कमाउने अवसर प्राप्त भएको छ।’
भीख माग्नेहरु पनि पेटभरी शुद्ध खाना खान पाउँदा खुसी भएको र दाताहरु पनि १० रुपैयाँमै भोका, गरिब, विपन्नलाई पेटभरि खुवाउन पाएकोमा खुसी छन्। हुनेखाने परिवारका व्यक्तिहरु पनि खाना खान आउने गरेको धाडेबालले बताए। ‘बजारमा धेरै गरिब, विपन्न र भोका मानिसहरु आउने गरेका छन् तर उनीहरुलाई सस्तोमा खाना खाने ठाउँको व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले अब कसैलाई पनि विराटनगरमा भोकै बस्नुपर्ने अवस्था हुँदैन।’ हुनेखाने वर्गले १० रुपैयाँभन्दा बढि पनि पैसा तिर्न खोज्दा दानपेटिकामा दान गर्न आग्रह गर्ने गरेको र त्यही अनुसार दान दिई सन्तुष्ट भएर जाने गरेको उनले सुनाए ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

