१२ पुस, बाजुरा । नेपाल प्रहरीले हतियार र बन्यजन्तुको छालासहित वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरामा पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको समाचार नागरिक दैनिकमा छ । चोरीसिकार गरिरहेकै अवस्थामा जंगलबाटै उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।
लेकाली भेगमा चिसो बढेसँगै प्रत्येक वर्ष चोरीसिकार बढ्ने गरेको छ। हिउँ परेपछि जंगली जनावर बेंसी झर्ने मौका छोपेर स्थानीयले वन्यजन्तु चोरीसिकार गर्ने गरेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका बेला भाइको बन्दुक पड्किएर आफ्नै दाइ घाइते भएको घटना सार्वजनिक भएपछि प्रहरीले चोरसिकारीको खोजी कार्य व्यापक बनाएको थियो। सोही क्रममा बुढीनन्दा नगरपालिका–८ का ५९ वर्षीय आइते बोहरा, ३१ वर्षीय बलबहादुर बोहरा, २५ वर्षीय मनिचन्द्र बोहरा, ४० वर्षीय कवीन्द्र बोहरा, ३२ वर्षीय दलबहादुर कामी, १९ वर्षीय पृथ्वी बोहरा र वडा १० का ४८ वर्षीय पृथ्वीबहादुर सिंह पक्राउ परेका हुन्।
बलबहादुर, दलबहादुर, कवीन्द्र र मनिचन्द्रका साथबाट एकएक थान भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाइ छ। उनीहरू पुस ९ गते राति पक्राउ परेका हुन्। प्रहरीले कवीन्द्रको घरबाट थारा, घोरल, रतुवाका पाँच थान छाला बरामद गरेको प्रहरी नायब उपरीक्षक भाटले बताए। बरामद गरिएका छाला र हतियार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १३२ बमोजिम हातहतियार खरखरजनासम्बन्धी कसुर मुद्दा दर्ता गरी उनीहरूको प्रक्रिया अघि बढाइएको छ। उनीहरू दोषी ठहरिए पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

