Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

Chuchekhola-1577535413.jpg

१२ पुस, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजनप्रसाद चौलागाईले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक श्यामलाल श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । प्रदेश नं. ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत नवराज पुडासैनीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संचारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल, पूर्व निर्वाचन समितिका संयोजक गौरबकुमार पराजुली, गोपालचन्द्र भट्टराई, ईन्दिरा गौतम, वनडढेलो नियन्त्रणमा सहयोग गर्ने, सालक पार्क निर्माण र विधान तथा कार्ययोजना लगायतका कामहरुमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुुरका अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी, घयाम्पे सामुदायिक वनकी अध्यक्ष दुर्गा महत, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्ण प्रसाद दाहाल, समूहका सल्लाहकार उदय बिडारी, उपभोक्ता कमला श्रेष्ठ, समूहका कार्यालय सचिव केदारप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
आव ०७५/०७६ मा ६१ लाखको कारोवार गरेको समूहले चालुृ आव ०७६/०७७ मा २ करोड १८ लाखको कारोवार गर्ने लक्ष्य राखेको समूहका कार्यालय सचिव केदार गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार