Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

दुर्घटना न्यूनिकरणका लागि चालकलाई फुलमाला

81514870_491140791380293_-1577695366.jpg

१४ पुस, हेटौंडा । भर्खरै जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भइ आएका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले दुर्घटना न्यूनिकरणका लागि र चालकलाई सचेत गराउन नयाँ तरिका अपनाएका छन्। उनले दुर्घटना न्यूनिकरणका लागि चालकलाई फुलमाला लगाएर सहजिकरण गरेका थिए।

उपरीक्षक राठौर  सोमबार बिहान हातमा माला र अबिर लिएर हेटौंडा १ चौकिटोल त्रिभुवन राजपथ स्थित मुख्य सडक खण्डमा हेटौंडाबाट काठमाडौं जादै गरेका सुमो चालकलाई अबिर र माला लगाएर चालकलाई दुर्घटना न्यूनिकरणका लागि सहजिकरण गरिरहेका थिए। उनलाई साथ दिदै थिए मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकाल र प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले ।

उपरीक्षक राठौरले जिल्ला भएर जाने टाटासुमो तिव्र गतिमा हुँइकिने गरेको भन्दै यसको न्युनिकरण गर्न चालकको भुमिका अहम् रहने भन्दै माला र टिका लगाई उनिहरूलाई हौसला मिलोस भनेर यसो गरिएको बताए। त्यसैगरी उपरीक्षक राठौरले हेटौंडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउन्टर पुगेर १० जना सुमो चालकलाई माला र अबिर लगाई सुमो चलाउदा ध्यान दिन र ट्राफिक नियमको पालना गर्न अनुरोध गरेका थिए। उनले हेटौंडाबाट संचालित सुमो मध्यका उत्कृष्ट भएका सुमो चालक राधाकृष्ण थापा 'राधेराधे' लाई सम्मान गरेका थिए। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन बताए।

उनले यस्तो कार्यले चालकलाई हौसला मिल्ने बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, सुमो व्यवसायी, सुमो काउन्टरका कर्मचारी सहित संचारकर्मीको उपस्थितीे रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार