९ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आइतबार आफ्नो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आव ०७२/०७३ भरी समितिले गरेको गतिविधिबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव तिमल्सिनाले समितिको समन्वयमा २१ वटा खेल गतिविधि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता, हेटौँडा नगरकप, सम्मान, सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री अनुदान, सुमन भोम्जन स्मृति आमन्त्रण गोल्डकप, बुद्धिचाल प्रतियोगिता, तङ इल मोदो प्रतियोगिता, लन टेनिस प्रतियोगिता भएका छन् । त्यसैगरी, सेभेन ए साईट फुटबल, ५ वटा जिल्लास्तरीय फुटबल प्रतियोगिता, ३ वटा निर्वाचन क्षेत्रीय फुटबल प्रतियोगिता, ५ वटा नगर वडा/गाविसस्तरीय फुटवल प्रतियोगिता, २१ वटा क्लव, गाविस वडा स्तरीय फुटवल प्रतियोगिता, रािष्ट्रय भलिवल, ७ जिल्लास्तरीय भलिवल, १० क्लव तथा वडास्तरीय भलिवल प्रतियोगिता, ४ वटा खुल्ला दौड प्रतियोगिता भएको छ ।
अन्तरजिल्ला तथा राष्ट्रिय प्रतियोगतामा सहभागिता, अन्तर संघसंस्था फुटवल, खेलकुद सामग्री वितरण र राष्ट्रपति रनिङशिल्डमा सहभागी सामुदायिक विद्यालयलाई खेल सामग्री अनुदान गरेको तिमल्सिनाले बताए । यसका लागि २७ लाख १३ हजार ५३ रुपैँया खर्चिएको छ । समितिले स्थानीय निकाय र संघसंस्थाबाट २६ लाख ३४ हजार रुपैँया आम्दानी भएको जनाएको छ । समितिले १६ वटा खेलमैदान समेत निर्माणका लागि सहयोग गरेको कार्यालय सचिव खुसराज दाहालले बताए । कार्यक्रममा समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, कोषाध्यक्ष भेष खड्गी, सदस्यहरु आरति पाठक, धरम लामा, सुनिल लोप्चन लगायतको सहभागता रहेको थियो ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















