File Photo
२३ पुस, काठमाडौ । ३ नम्बर प्रदेशको राजधानीबारे निर्णय गर्न नसकेको नेकपा ३ नम्बर प्रदेश संसदीय दललाई नेकपाका शिर्ष नेतृत्वले हेटौँडा राजधानी राख्ने निर्णय पालना गर्न पुनः निर्देशन दिएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको संसदीय दलमा निर्णय हुन सकेको थिएन ।
दलको बैठकमा केही सांसदहरुले नेकपा सचिवालय बैठकको निर्णय नमान्ने र हेटौंडाको पक्षमा मतदान नगर्ने बताएपछि नेकपा नेतृत्वले पुनः निर्देशन दिनु परेको हो । शिर्ष नेतृत्व भेट्न हेटौँडाबाट गएका केही सांसदहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिएका हुन् । सबै रणनीतिक महत्व मूल्यांकन गरेर राजधानी हेटौँडा राखिएको भन्दै राजधानी हेटौँडा र नाम बाग्मतिमा दायाँबायाँ नगर्न उनीहरुको निर्देशन थियो ।
संसदीय दलमा सहमति नजुटेपछि नेकपा प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य, मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं पुगेको थियो ।
नेतृत्वको निर्देशन पछि ‘हस्’ भन्दै उनीहरु हेटौँडा फर्किएको स्रोतको दावि छ ।
यो पनि पढ्नुस्
प्रदेशसभा बैठक बस्दै, राजधानी र नामबारे छलफल हुने
बुधबारबाट प्रदेश राजधानी र नामबारे छलफल शुरु हुने
देउवाले राजधानीबारे गरेको निर्णय २ बर्षपछि नेकपाले ठिक ठान्यो : बानियाँ
राजधानी र नाममा विना विवाद निर्णय गर्न मूख्यमन्त्रीको अनुरोध
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...




-1782741482.jpg)













