२९ पुस, हेटौँडा । मकवानपुरगढी–४ कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष अर्जुृनप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक मेरबहादुर पाख्रिनले लेखा परीक्षण प्रतिवेदन र ऋण उपसमितिका संयोजक हरिशरण दहालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष अर्जुनप्रसाद सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाबाट धेरै दूध खरीद गर्ने कपिल पोखरेल, सफा दूध विक्री गर्ने संगीता विडारी, गुणस्तरीय दूध विक्री गर्ने विष्णुप्रसाद चौलागाई, मेहनती कृषक हरिप्रसाद लम्साल, धेरै दूध विक्री गर्ने बद्री सापकोटा, ज्येष्ठ शेयर सदस्य होमनाथ खतिवडा, उत्कृष्ठ ऋणीमा नारायणप्रसाद चौलागाई र धेरै रकम बचत गर्ने सूर्यबहादुर पाख्रिनलाई सम्मान गरिएको थियो ।
साधारणसभामा मकवानपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, मकवानपुरगढी गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण साह, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, सहिद रुद्र पाख्रिन स्मृति बाटिकाकी अध्यक्ष मानकुमारी पाख्रिन, संस्थाका सल्लाहकार विष्णुप्रसाद न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







