Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार ढकालको हत्या गर्ने दुईजनालाई जन्मकैदको फैसला, ७० हजार जरिवाना

Manohar-Dhakal-1579184234.jpg

कैद सुनाईएका दुई युवकहरु रातो घेरामा

२ माघ, हेटौंडा । मकवानपुरका सञ्चारकर्मी एवं शिक्षक मनोहर ढकाललाई हत्या गर्ने दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले डकैतीसहित हत्या गर्ने हेटौंडा-११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवालाई जन्मकैद र जरिवाना गर्ने फैसला गरेको हो ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा जन्मकैद र डाका मुद्धामा १४ वर्ष कैदका साथै जनही ७० हजार रुपैँया जरिवानाको फैसला भएको श्रेस्तेदार केशवराज कौशिकले बताए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने हेटौँडा–२ का सुन व्यवसायी नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना, सुन पसल देखाईदिने ठाकुर भुसाललाई मतियारको रुपमा १० हजार जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले यस्तो फैसला गरेको कौशिकले बताए । ढकालको लुटिएको मोबाइल खरिद गर्ने मोबाइल व्यवसायी भीमफेदी–६ का ३१ बर्षीय दिनेश थापा र अर्का एकजनाले सफाई पाएका छन् ।
हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको २०७५ पुस २५ गते हेटौंडा–१ राप्तिपुल माथि भैरवडाँडा जाने सडक भित्रपट्टी जंगलमा हत्या भएको थियो । उनको हत्या गरेका युवकहरुले ढकालले लगाएको सुनको औंठी, मोबाइल, कम्प्युटर हार्ड डिस्क समेत लुटपाट गरेका थिए । घटनाको अनुसन्धानपछि तत्कालिन प्रहरी निरीक्षक मधु थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
यो पनि पढ्नुस
 हेटौँडामा भएको दुर्घटनामा ढकालको मृत्यु ,       यस्तो छ ढकालको मुत्यु भएको स्थल(तस्विर सहित),     मूख्यमन्त्री पौडेलले लिए ढकालको मृत्युबारे जानकारी,   ढकाल हत्याका आरोपित पक्राउ

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार