२५ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको अध्यक्षमा भरत सापकोटा चयन भएका छन् । यस अघि सापकोटा संस्थाको उपाध्यक्ष थिए ।
संस्थाको शनिवार सम्पन्न भएको नवौं वार्षिक साधारणसभाले सापकोटाको अध्क्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा डोरबहादुर अधिकारी, सचिवमा किशोर न्यौपाने, कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वती पुडासैनी, पार्वती खनाल र धनेन्द्र विष्ट चयन भएका हुन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई, सदस्यहरुमा यशोदा भट्टराई र राजिव खनाल चयन भएका छन् ।
साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष भरत सापकोटाले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा संस्थाको गतिविधिको बारेमा प्रचारप्रसार गराई संस्थाको बारेमा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई सम्मान गरिएको थियो । यसैगरी असली ऋणीमा भवानी न्यौपाने र मंगली मग्रान्ती, असली बचतकर्तामा रविना चौलागाई, रामकुमारी देवकोटा र शिव बहादुर राईलाई सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, मक्रान्चुली सहकारी संस्थाका अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, संस्थाका सचिव विष्णुप्रसाद ढुङगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो पनि पढ्नुस्
प्रष्टखबर सम्पादक दुलाल र संवाददाता पौडेल सम्मानित
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







