४ फागुन, हेटौंडा । बागमती गाउँपालिकाको वडा नम्बर ८ फापरबारीमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा मकवानपुरको डाँफे युथ क्लब विजयी भएको छ ।
डाँफे युथ क्लबले बाराको नवजनजागृती युवा क्लब सिमरालाई ४–० गोल अन्तरले हराएको हो । नवजागृती युवा क्लबलाई हराएसँगै डाँफेले सेमिफाइनल प्रवेशको लागि बाटो खोले छ ।
उसले अब ए डिभिजन क्लब जावलाखेल युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।
डाँफेको जितको लागी खेलको ४० औं मिनेटमा विश्व अधिकारीले पहिलो गोल गरेका थिए । यस्तै डाँफेका लागी ४४ औं मिनेटमा प्रिजेन तामाङले गोल गरे भने खेलको ७० औं र ९१ औ मिनेटमा डाँफेका लागी क्रमशः हिसुब थपलिया र रविन स्याङ्तानले गोल गरे ।
आइतबारको खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत् सोमबार आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । फागुन १२ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख नगद, शिल्ड र मेडल प्राप्त गर्ने छ भने उपविजेतले ३ लाख पाउँने छ ।
यस्तैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हु्ने खेलाडीले ५० हजार नगद पाउँदा उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
यसअघि भएको पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले जितेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले जितेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















