Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सालक पार्कको महायज्ञमा बानियाँको ३० लाख प्रतिवद्धता, ८० लाख संकलन

Saptaha3-1582295552.jpg

९ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा शुक्रबार मात्रै थप ९ लाख ८ हजार ७ सय ४० रुपैयाँ संकलन भएको हो ।  

शुक्रबार  हेटौंडा–१७ का स्वर्गीय कुलदिप विडारीका नातीहरुको तर्फबाट ७५ हजार, हेटौंडाका व्यवसायी रविकुमार श्रेष्ठबाट ५१ हजार १ सय ८, आरबी उखन विल्डर्स एण्ड सप्लायर्स प्रालिबाट ४० हजार १ सय ८, कृष्णकुमारी मानन्धरबाट तुलादानमार्फत ३५ हजार २ सय, हेटौंडा–१७ का व्यवसायी उत्तम श्रेष्ठबाट आफ्ना भाई दिपकको स्मृतिमा ३१ हजार १ सय ८, मुक्तिनाथ गौतमबाट तुलादनमार्फत २७ हजार ५ सय, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँबाट २५ हजार ५ सय २५, तिलकुमारी दाहालबाट तुलादानमार्फत १५ हजार ५ सय, विपन्न वर्ग महिला उपसमूहबाट १२ हजार ५ सय रुपैंया सहयोग प्राप्त भएको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए । 

बानियाँबाट ३० लाखको प्रतिवद्धता
बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले सालक पार्कको विकासका लागि ३० लाख रुपैँया सहयोगको प्रतिवद्धता गरेका छन् । शुक्रबार महायज्ञमा पुगेका बानियाँले पर्यटकीय क्षेत्र सालक पार्कको विकासका लागि ३० लाख रुपैंया सहयोगको प्रतिवद्धता गरेका हुन् । उनले प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेटबाट ३० लाख रुपैँया उपलव्ध गराउने बताएका हुन् । उनले पर्यटनको विकासको क्षेत्रमा प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सालक पार्कमा ३० लाख रुपैंया उपलब्ध हुने बताए । अहिले पनि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३० लाख रुपैंया बजेट उपलव्ध भएर कार्यान्वयनको क्रममा रहेको भन्दै आफुले थप ३० लाख रुपैंया उपलव्ध गराउने बताए । उनले महायज्ञ उद्घाटन समारोहका प्रमुख अतिथि मूख्यमन्त्री डोरमणी पौडेल, पर्यटन मन्त्री अरुण नेपाल र आफुबीच सालक पार्कको विकासका लागि एक मत रहेको समेत बानियाँले स्पष्ट पारे ।

यसैगरी, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालबाट ११ हजार १ सय ११, सानुबाबु भुजेलबाट ११ हजार १ सय ८, कृष्ण आधारभुत विद्यालयबाट ११ हजार १ सय ८, चुच्चेखोला सामुदायिक वन साकोसबाट ११ हजार १ सय ११, धिरजविक्रम न्यौपानेबाट ११ हजार १ सय ८, रामप्रसाद दाहालबाट ११ हजार १ सय ८, शिवकुमार गौतमबाट ११ हजार १ सय ८ रुपैँया आर्थिक संकलन भएको आयोजकले जनाएको छ । 

फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक नवराज न्यौपानेले बताए ।

यो पनि पढ्नुस्
बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'

Saptaha1-1582291572.jpg
Saptaha-1582291698.jpg
Saptaha2-1582291699.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार