९ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा शुक्रबार मात्रै थप ९ लाख ८ हजार ७ सय ४० रुपैयाँ संकलन भएको हो ।
शुक्रबार हेटौंडा–१७ का स्वर्गीय कुलदिप विडारीका नातीहरुको तर्फबाट ७५ हजार, हेटौंडाका व्यवसायी रविकुमार श्रेष्ठबाट ५१ हजार १ सय ८, आरबी उखन विल्डर्स एण्ड सप्लायर्स प्रालिबाट ४० हजार १ सय ८, कृष्णकुमारी मानन्धरबाट तुलादानमार्फत ३५ हजार २ सय, हेटौंडा–१७ का व्यवसायी उत्तम श्रेष्ठबाट आफ्ना भाई दिपकको स्मृतिमा ३१ हजार १ सय ८, मुक्तिनाथ गौतमबाट तुलादनमार्फत २७ हजार ५ सय, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँबाट २५ हजार ५ सय २५, तिलकुमारी दाहालबाट तुलादानमार्फत १५ हजार ५ सय, विपन्न वर्ग महिला उपसमूहबाट १२ हजार ५ सय रुपैंया सहयोग प्राप्त भएको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए ।
बानियाँबाट ३० लाखको प्रतिवद्धता
बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले सालक पार्कको विकासका लागि ३० लाख रुपैँया सहयोगको प्रतिवद्धता गरेका छन् । शुक्रबार महायज्ञमा पुगेका बानियाँले पर्यटकीय क्षेत्र सालक पार्कको विकासका लागि ३० लाख रुपैंया सहयोगको प्रतिवद्धता गरेका हुन् । उनले प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेटबाट ३० लाख रुपैँया उपलव्ध गराउने बताएका हुन् । उनले पर्यटनको विकासको क्षेत्रमा प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सालक पार्कमा ३० लाख रुपैंया उपलब्ध हुने बताए । अहिले पनि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३० लाख रुपैंया बजेट उपलव्ध भएर कार्यान्वयनको क्रममा रहेको भन्दै आफुले थप ३० लाख रुपैंया उपलव्ध गराउने बताए । उनले महायज्ञ उद्घाटन समारोहका प्रमुख अतिथि मूख्यमन्त्री डोरमणी पौडेल, पर्यटन मन्त्री अरुण नेपाल र आफुबीच सालक पार्कको विकासका लागि एक मत रहेको समेत बानियाँले स्पष्ट पारे ।
यसैगरी, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालबाट ११ हजार १ सय ११, सानुबाबु भुजेलबाट ११ हजार १ सय ८, कृष्ण आधारभुत विद्यालयबाट ११ हजार १ सय ८, चुच्चेखोला सामुदायिक वन साकोसबाट ११ हजार १ सय ११, धिरजविक्रम न्यौपानेबाट ११ हजार १ सय ८, रामप्रसाद दाहालबाट ११ हजार १ सय ८, शिवकुमार गौतमबाट ११ हजार १ सय ८ रुपैँया आर्थिक संकलन भएको आयोजकले जनाएको छ ।
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक नवराज न्यौपानेले बताए ।
यो पनि पढ्नुस्
बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



