Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शिवम् र स्थानीयबीच यस्तो सहमति, गाडि सुचारु

Baato1-1584273669.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच सहमति भएपछि विहानदेखि रोकिएको शिवमका सवारी अपरान्हबाट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा स्थानीय र शिवम् सिमेन्टबीच अपरान्ह सकिएको वार्तामा सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने सहमति भएको हो ।
सहमति अनुसार सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने, १५ दिनभित्र सिमेन्ट स्ल्याव ढलानका लागि स्टिमेट तयार गरेर काम अघि बढाउने र आगामी आर्थिक बर्षभित्र चुनडाँडादेखि कर्रा खोलासम्म स्ल्याव ढलान सम्पन्न गर्ने सहमति भएको वार्तामा सहभागी नवराज न्यौपानेले बताए । १५ दिनभित्र काम अघि नबढे सवारी संचालन पुनः रोक्ने उनको भनाई छ । वार्तामा वडा अध्यक्ष भैरवबहादुर राई, वडा सदस्यहरु टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, शिवमका डिजिएम सरोज विडारी, समाजसेवी लक्ष्मण कटुवाल, लक्ष्मी बैंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिना लगायतको सहभागिता रहेको थियो । 
शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने समस्या भएको भन्दै स्थानीयले विहानदेखि सडक अवस्द्ध गरेका थिए । उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिका, शिवम् लगायत सरोकारवाला निकायमा जानकारी गराएका थिए । 
यो पनि पढ्नुस्
हेटौंडा–१७ का स्थानीयद्वारा शिवमका गाडि संचालनमा रोक
यसरी गरे स्थानीयले शिवमको गाडि बन्द (भिडियो)
सरसफाई गर्दै चुनडाँडाका स्थानीयद्वारा कान्तिलोकपथ बन्दको चेतावनी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार