Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा रगत अभाव, फोन गरेर संकलन गरिंदै

Donation-1585032489.jpg

ब्लड बैंकमै पुगेर रक्तदान गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष एवं प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी

११ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव भएको छ । कोरोना संक्रमणको जोखिम र सरकारको पछिल्लो निर्णयका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव भएको हो । 
बैंकमा अहिले ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगत नरहेको बैंकका प्रमुख टंकप्रसाद दाहालले बताए । ओ पोजेटिभ समूहको रगत पनि निकै कम छ । अहिले दैनिक १० देखि १५ युनिट रगत माग भएपनि पुर्याउन नसकिएको दाहालले बताए । विशेषगरी चुरेहिल अस्पतालमा हुने मिर्गौलाको डायलासिसका लागि रगत आवश्यक पर्ने गरेको छ । त्यसैगरी, अन्य अस्पतालमा अपरेशन र रक्तअल्पताका विरामीका लागि रगतको माग हुने गरेको दाहालले जानकारी दिए । रगतको अभाव भएपनि रक्तदानको काम हुन सकेको छैन । 
केही संघसंस्थाले तय गरेको रक्तदान कार्यक्रम समेत सरकारले २५ जना भन्दा बढि उपस्थित नहुन निर्देशन दिएसंगै रोकिएको उनले बताए । अहिले ब्लड बैंक हेटौंडाले यसअघि नियमित रक्तदान गर्नेहरुलाई फोन गरेर रगत संकलन गरिरहेको छ । रगत अभाव कम गर्न इच्छुक रक्तदाताले ब्लड बैंकको फोन नम्बर ०५७-५२२९७७ मा फोन गरे सम्बन्धित स्थानमै गएर रगत संकलनको तयारी भईरहेको छ । ब्लड बैंक प्रमुख दाहाल (९८४५०२९९७७) र विष्णु रिमाल (९८४५०३०७७५) संग सम्पर्क गरी रगत संकलनमा सहयोग गरिदिन उनीहरुले आग्रह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार