१८ चैत, काठमाडौं । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमति प्रसारण आजदेखि सुरु गर्दैछ।
अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने अन्नपूर्णपोष्टको अनलाईन संस्करणमा समाचार छ । गत असोज १५ गते घटस्थापनादेखि एपी वानले परीक्षण प्रसारण सुरु गरेको थियो। एपी वान सबैभन्दा द्रूत प्रत्यक्ष प्रसारण गर्न सक्ने अत्याधुनिक प्रविधिसहित प्रसारणमा आएको हो ।
नियमित प्रसारणको सुरुवातसंगै टेलिभिजनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो 'नेपाल आईडल' सहितका कार्यक्रमहरु प्रसारण गर्नेछ। सूचना र मनोरञ्जनलाई संयुक्त रुपमा प्रस्तुत गर्ने उद्देश्य लिएको टेलिभिजनमा सञ्चारक्षेत्रका चीरपरिचित हस्तीहरु क्रियाशील छन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपी वान टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। 'अन्नपूर्ण मिडिया नेटवर्कका अन्य माध्यमजस्तै एपी वान टेलिभिजनले स्वस्थ मनोरञ्जन, सहि सूचना र प्रष्ट दृष्टिकोणका साथ आफ्ना प्रस्तुति पस्कनेछ', अध्यक्ष थापाले भने।
टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले एपी वानले दर्शकको टेलिभिजन अभिरुचीलाई केन्द्रमा राखेर समाचार र कार्यक्रमहरु प्रसारण गर्ने जानकारी दिए । एपी वान टेलिभिजनबाट नेपाल आईडल, दिशानिर्देश, तमसोमा ज्योर्तिगमय,महटाइम, सिस्टम चेक, टेन टु फाईभ लगायतका बहुप्रतिक्षित कार्यक्रमहरु प्रसारण हुनेछन् । अन्नपूर्ण मिडिया नेटवर्कका यसअघि नै अन्नपूर्ण पोष्ट दैनिक, अन्नपूर्ण टुडे म्यागेजिन, रेडियो अन्नपूर्ण, अन्नपूर्ण पोष्ट डटकम र अन्नानोट डटकमलगायतका प्रकाशन र प्रसारण माध्यम छन् ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















