Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

'एपी वान' टिभि आजदेखि नियमित प्रसारणमा

AP1-1490948768.jpg

१८ चैत, काठमाडौं । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमति प्रसारण आजदेखि सुरु गर्दैछ।

अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने अन्नपूर्णपोष्टको अनलाईन संस्करणमा समाचार छ । गत असोज १५ गते घटस्थापनादेखि एपी वानले परीक्षण प्रसारण सुरु गरेको थियो। एपी वान सबैभन्दा द्रूत प्रत्यक्ष प्रसारण गर्न सक्ने अत्याधुनिक प्रविधिसहित प्रसारणमा आएको हो ।

नियमित प्रसारणको सुरुवातसंगै टेलिभिजनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो 'नेपाल आईडल' सहितका कार्यक्रमहरु प्रसारण गर्नेछ। सूचना र मनोरञ्जनलाई संयुक्त रुपमा प्रस्तुत गर्ने उद्देश्य लिएको टेलिभिजनमा सञ्चारक्षेत्रका चीरपरिचित हस्तीहरु क्रियाशील छन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपी वान टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। 'अन्नपूर्ण मिडिया नेटवर्कका अन्य माध्यमजस्तै एपी वान टेलिभिजनले स्वस्थ मनोरञ्जन, सहि सूचना र प्रष्ट दृष्टिकोणका साथ आफ्ना प्रस्तुति पस्कनेछ', अध्यक्ष थापाले भने।

टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले एपी वानले दर्शकको टेलिभिजन अभिरुचीलाई केन्द्रमा राखेर समाचार र कार्यक्रमहरु प्रसारण गर्ने जानकारी दिए । एपी वान टेलिभिजनबाट नेपाल आईडल, दिशानिर्देश, तमसोमा ज्योर्तिगमय,महटाइम, सिस्टम चेक, टेन टु फाईभ लगायतका बहुप्रतिक्षित कार्यक्रमहरु प्रसारण हुनेछन् । अन्नपूर्ण मिडिया नेटवर्कका यसअघि नै अन्नपूर्ण पोष्ट दैनिक, अन्नपूर्ण टुडे म्यागेजिन, रेडियो अन्नपूर्ण, अन्नपूर्ण पोष्ट डटकम र अन्नानोट डटकमलगायतका प्रकाशन र प्रसारण माध्यम छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार