Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्थानीय तहलाई थाहै नदिई लुसुलुसु राहत वितरण

Rahat-1586221491.jpg

File Photo

२४ चैत, हेटौंडा । सरकारले स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्ने मापदण्ड तय गरेपनि मकवानपुरमा भने आफुखुशी राहत वितरण गर्ने क्रम बढेको छ । विभिन्न संघसंस्था र राजनीतिक दलले आफुखुशी सिधै गएर राहत वितरण गर्न थालेका छन् । 
यसले गर्दा राहत वितरणमा दोहोरोपना आउनुका साथै टाठाबाठाले मात्रै राहत पाउने अवस्था देखिएको छ । ‘अहिले राहत वितरणमा चुनावी दाउपेज समेत हुने गरेको छ ।’–हेटौंडा–४ का एक स्थानीयले भने–‘राजनीतिक दलका नेता कार्यकर्ता आउने र लुसुलुसु घरमा राहतको पोको पुर्याउने गरेको देखेको छु ।’ राजनैतिक दलमा पनि आफ्ना गुटका मान्छेलाई राहत पुर्याउने क्रम बढेको उनको भनाई छ । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई छलेर नेता कार्यकर्ताको घरमा राहत गोदाम गरेर बाँड्ने क्रम शुरु भएको छ । हेटौडाको एक वडामा एक पार्टीले गोप्य रुपमा राहत वितरण गर्न तयारी गरिरहँदा प्रहरी पुगेपछि उनीहरुले राहत घरमै थुपारेका थिए ।
‘सरकारको निर्देशन र उपमहानगरपालिकाको कार्यविधि मिचेर राहत वितरण गरे प्रशासनमार्फत जफततर्फ लाग्नेछु ।’–त्यो वडाका अध्यक्षले भने । आफुखुशी संघसंस्था र राजनीतिक दल पुगेर दल र आफु निकटकालाई वितरण गर्न थालेपछि राहत नपाउने निरास हुन थालेका छन् । ‘साँध पारी एकथरी राहत, साँध वारी अर्कोथरी राहत दिंदा समस्या हुँदो रहेछ ।’–राहत वितरण गरेका सामाजिक संस्थाका एक प्रतिनिधिले भने–‘सरकारले तोकेको मापदण्डमा राहत प्याकेज तयार गरी सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिसंग समन्वय गरी बाँड्नु नै उपयुक्त हुनेरहेछ ।’ उनको अनुभवमा आफुखुशी राहत वितरण गर्न विवाद समेत भईरहेको छ । 
हेटौंडा नगरका अधिकांश वडामा जनप्रतिनिधि र संघसंस्थाले एक चरणको राहत वितरण गरिसकेको अवस्थामा आफुखुशी राहत वितरण गर्दा दोहोरिने निश्चित देखिएको छ । उपमहानगरपालिकाले समेत राहत वितरण थाल्न लागेको अवस्थामा अब संघसंस्था र राजनैतिक दलले राहत वितरण गर्दा दोहोरोपना आउने र दलीय रुपमा पक्षपात हुन सक्ने भन्दै हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भने–‘लुसुलुसु राहत बाँड्न रोक्नुपर्छ ।’ उनले टोल विकास संस्थाले विवरण संकलन गर्ने र उपमहानगरपालिकाले तय गरेको समितिले त्यसलाई अन्तिम रुप दिएर वितरण गर्दा उपयुक्त हुने उनको भनाई छ । 
सबै स्थानीय तहका प्रतिनिधिले पक्षपात ढंगबाट राहत वितरण गरे कार्यविधिमै कारवाही व्यवस्थाको गरिएकाले जनप्रतिनिधिलाई विश्वास गर्ने र जनप्रतिनिधिले समेत वडा तहमा सबैको समन्वयमा वितरण गर्ने वातावरण बनाउनु उपयुक्त हुने चौलागाईको भनाई छ ।
राहत वितरणका क्रममा लकडाउनको मुल मर्मत भौतिक दुरी कायम नभएको पनि गुनासो आईरहेको छ । 'राहतको नाममा गरिने जमघट नियन्त्रण गरौ सरकार, भोलि पछुताएर हुदैन बेलैमा चेत खुलोस्’-राजनैतिक अगुवा हेटौंडा–६ का बालकृष्ण चौलागाईले फेसबुकमा लेखेका छन् । अधिकांश राहत वितरणमा उनले भने झैं सयौंको संख्यामा सर्वसाधारण जम्मा भएको प्रष्टखबरको रिपोर्टिङको क्रममा देखिएको छ । राहतलाई व्यवस्थित गर्न अनिवार्य रुपमा जनप्रतिनिधि र प्रहरीको उपस्थिति हुनुपर्ने अवस्था गरी भौतिक दुरी कायम गर्नुपर्ने देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

थप समाचार