Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा चाउचाउ विष्कुट नबोक्नुस् फर्किनु पर्ला

Chauchau-1586315729.jpg

हेटौंडाको एक पसलमा राखिएका जंक फुड

२६ चैत, हेटौंडा । लकडाउनलाई प्रभावकारी बनाउन मकवनपुर प्रहरीले थप कडाई गर्दै गएको छ । लकडाउनको दिन लम्बिदै जाँदा उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रहरीले कडाई गर्न थालेको हो । 
सरकारले अत्यावश्यक सेवा र दैनिक उपभोग्य खाद्यान्नका सवारी निर्वाध संचालनमा आउन दिएपछि दुरुपयोग पनि बढेको छ । त्यसले गर्दा प्रहरीले सवारी जाँचलाई पनि कडाई गरेको छ । यसक्रममा मकवानपुर प्रहरीले चाउचाउ, विष्कुट, चिजबल, कुरमुरे, चिप्स जस्ता ‘फास्ट फुड’ बोक्ने सवारीलाई रोक्न थालेको छ । यि सामग्री दैनिक उपभोग्य सामग्री नभएकाले प्रहरीले रोक्न थालेको हो । 
दैनिक उपभोग्य सामग्री दाल, चामल, चिनि, नुन, गेडागुडि लगायतका सामग्रीलाई निर्वाध संचालन हुन दिएको अवस्थामा जंक फुडका सवारी बढि गुड्न थालेपछि माथिको निर्देशन अनुसार जहाँबाट आएको उतै फर्काउन थालिएको एक प्रहरीले बताए । ‘एक गाडि चामल दालको आउँदा ३ गाडि चाउचाउ चिजबल बोकेर आउँछन् ।’–ति प्रहरीले भने–‘उद्योग बाणिज्य संघ जस्ता संस्थाले व्यवसायीलाई सचेत गराउँदा सहज हुन्थ्यो ।’
कोराना संक्रमण विरुद्ध पौष्टिक तत्वको आवश्यकता पर्नेमा चाउचाउ, चिजबल, कुरमुरे, चिप्स जस्ता ‘फास्ट फुड’ ले कुनै फाइदा नगर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । हरेक पसलका अगाडि राखिएका यी सामग्रीले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार