Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कोरोनाबाट मृत्यु भए कसरी गर्ने शव व्यवस्थापन ?

१९ बुँदे कार्यविधि यस्तो छ

swasthya-mantralaya-1_txL-1586398691.jpg

२७ चैत्र, हेटौंडा । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ ।
मन्त्रालयले भविष्यमा देशभित्र कोरोनाभाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कार्यविधिअनुसार आफन्तले कोरोना संक्रमितको शव एक मिटर टाढाबाट मात्र हेर्न पाउने छन् ।
मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार ६० वर्षभन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शवनजिक जानबाट रोक्ने उल्लेख छ ।
यस्तै, सद्गतिमा सहभागी हुने मृतक परिवारका सदस्यले पनि ‘पीपीई’ लगाएर गर्नुपर्ने छ । शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्ने छ ।
मृतकको कुलधर्मअनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुलाई सुरक्षित राख्नुपर्ने छ ।
यस्तै, शवलाई अस्पताल र घरबाट अन्तिम संस्कार गर्न लैजानेक्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकमा आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्ने उल्लेख छ ।

कार्यविधिको १९ बुँदा निम्नानुसार छनः

(१) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले PPE को प्रयोग गर्नु पर्दछ ।

(२) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ ।

(३) COVID-19 को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न हुँदैन ।

(४) शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको PPE प्रयोग गर्नुपर्दछ ।

(५) शवलाई कम भन्दा कम चलाउनु पर्दछ ।

(६) शवमा लागेका पाइपलगायतका सामाग्रीहरु हटाइ दिनुपर्दछ ।

(७) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।

(८) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ ।

(९) शवलाई Disinfect गर्नु आवश्यक छैन ।

(१०) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा र्पुयाउनुपर्दछ ।

(११) शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन ।

(१२) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ ।

(१३) सदगत गर्नु पूर्व आफ्नो कुल परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।

(१४) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ ।

(१५) COVID-19  ले मृत्यु भएको व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु पर्दैन । यदि गर्नु परेमा फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ ।

(१६) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक PPE प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।

(१७) COVID-19  का कारण मृत्य भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ ।

(१८) पोस्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरु Disinfect गर्नुपर्दछ ।

(१९) Clinical Waste हरुको सावधानीपूर्वक Dispose गर्नुपर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार