Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा विहान र बेलुका सुनसान, दिउँसो भिड (तस्विरहरु)

Bhid1-1586580422.jpg

स्कूलरोड

२९ चैत, हेटौंडा । सरकारले लकडाउन गरेको आज १९ औं दिन । लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गर्ने मानिस निकै समस्यामा परेका छन् । विभिन्न संघसंस्था र स्थानीय तहले आफ्नो तहमा न्युन आय भएका मानिसको पहिचान गरि राहत वितरणमा गरिरहेका छन् । 

लकडाउनको मूल मर्म भौतिक दुरी कायम गराउनु हो । तर मकवानपुरको सदरमुकाम हेटौंडाको दिउँसो दृष्य भने लकडाउनको मूल मर्म विपरित देखिन थालेको छ । विहान र बेलुका सुनसान देखिने हेटौंडामा दिउँसो भने सामान्य अवस्थामा झै भिडभाड देखिने गरेको छ । सवारीसाधन र मानिसको आवतजावत सामान्य छ । प्रहरी चोकचोकमा बसेर सम्झाईरहेको देखिन्छ तर उनीहरुलाई टेर्ने कमै छन् । लकडाउन उल्लङ्घन गरी सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाई गरेर छाडेपनि नियमित लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन । 

प्रशासनले विहान १० देखि दिउँसो ३ बजेसम्म किनमेलको समय दिएपछि अहिले हेटौंडामा लकडाउनको कुनै प्रभाव देखिदैन । ‘दिउँसो हेटौंडामा के चल्दैन ? ट्रक, मिनि ट्रक, कार, मोटरसाइकल, साइकल सबै सवारी चल्छन् ।’–एक सर्वसाधारण भने–‘लकडाउन त सामान्य नागरिकलाई हो ।विशेष गरी खाद्यान्न पसल र तरकारी पसलमा भिड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले शुक्रबारदेखि ख्वपगल्ली बन्द गरेको छ भने टिसिएनबाट खुद्रा तरकारी बेच्न रोकेसंगै चौघडा टेम्पोपार्कमा फुटपाथमा तरकारी बेच्नेहरुका कारण शुक्रबार दिउँसो हाटबजार झैं बनेको थियो ।

बैंक तथा बित्तीय संस्था समेत विहान ११ देखि १ बजेसम्म संचालन हुने भएपछि दिउँसो बजारमा राम्रै भिड देख्न सकिन्छ । हेटौंडा बजार प्रवेश गर्ने नाकामा कडा सुरक्षा झेल्दै अत्यावश्यक कामका लागि गाउँबाट हेटौंडा आईपुगेका सर्वसाधारण हेटौंडाको भिड देखेर आश्र्चयमा पर्ने गरेका छन् ।

Bhid2-1586580556.jpg

कान्तिलोकपथ

Bhid3-1586580557.jpg

कान्तिलोकपथ

Bhid4-1586580557.jpg

कान्तिलोकपथ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार