Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणबाट हेटौंडा-६ वडा कार्यालयलाई आर्थिक सहयोग

Janakalyan-1588658289.jpg

२३ बैशाख, हेटौंडा । हेटौडा-६ चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा–६ नम्बर वडा कार्यालयलाई आर्थिक सहयोग गरेको छ । जनकल्याणले वडा कार्यालयको राहत वितरण कार्यलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले मंगलबार आर्थिक सहयोग गरेको हो । 
संस्थाका अध्यक्ष हिमाल पौडेलले वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई १० हजार रुपैंया हस्तान्तरण गरेका छन् । सहयोग रकम वडाभित्रका लकडाउनका कारण दुई छाक टार्न समस्या परेका ज्यालादारी मजदुर र विपन्न परिवारको राहत वितरणमा खर्चिन संस्थाका अध्यक्ष पौडेलले  वडा कार्यालयलाई आग्रह गरे । वडा कार्यालयले लकडाउन शुरु भएदेखि अहिलेसम्म निरन्तर राहत वितरण कार्य गरिरहेको बताउँदै वडा अध्यक्ष चौलागाईले जनकल्याणको आर्थिक सहयोगले यस कार्यमा थप टेवा पुग्ने बताए । 
रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु राजकुमार बास्तोला, रामहरी राई, संचारकर्मी भीमसेन पौडेल र स्थानीयको सहभागिता रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले लकडाउन शुरु भएको एक सातादेखि नै राहत वितरण शुरु गरेर चरणबद्ध रुपमा अहिलेसम्म राहत वितरण गरिरहेको छ । नगरपालिकाबाट उपलव्ध राहत वितरणको काम सकेको वडा कार्यालयले विभिन्न दाताहरुबाट प्राप्त राहत सामग्री वितरणका लागि वडा सदस्य रामहरी राईको संयोजकत्वमा समिति गठन गरी राहत वितरण र अनुगमनको काम गरिरहेको वडा अध्यक्ष चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार