Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

शिवम् अगाडि गाडिको चापले स्थानीयलाई समस्या

Shivam-1589013826.jpg

File Photo

२७ बैशाख, हेटौंडा । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ ।
उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट आउँछन् कहाँ जान्छन्, कुनै परिक्षण छैन ।’–एक स्थानीयले भने–‘यसले गर्दा कोरोना संक्रमणको जोखिम हटियामा बढेको छ यसबारे कसले हेर्ने ?’ उनले समय निर्धारण गरेर सवारीलाई बजारका विभिन्न स्थानमा रोकेर पठाउँदा उद्योगमा गाडिको चाप कम हुने बताए । 
‘एक घण्टामा कतिवटा गाडि लोड हुन्छ त्यति नै संख्याको हाराहारीमा गाडि आउने र जाने व्यवस्था गर्नुपर्यो ।’–अर्का स्थानीयले भने–‘कहिले पालो आउने ठेगान छैन कुरेर बस्ने, चालक सहचालकले जताततै हिडडुल गर्ने, गाडि रोकेर बाटो नै अस्तव्यस्त बनाउने गर्नु भएन ।’ जिल्ला प्रशासन, प्रहरी र ठूला व्यवसायीहरुको मात्रै कुरा सुनुवाई हुँदा स्थानीयको स्वास्थ्यमा खेलवाड भईरहेको स्थानीयले बताए । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अनावश्यक चहलपहललाई रोक्न उद्योगलाई अवगत गराउने बताए । आफ्नो उद्योगभित्र अट्ने सवारी प्रवेश गराउने, बाहिर भिड नगर्ने र यातायातका कर्मचारीलाई पनि उद्योगभित्र राख्ने वातावरण बताउन उद्योगलाई निर्देशन दिने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

थप समाचार