Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आज सरकारको नीति तथा कार्यक्रम ल्याईदै

Nepalese_Constituent_Asse-1589507910.jpg

२ जेठ, हेटौंडा । आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।
आज शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै पौने ४ बजे नै सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रमकै आधारमा बजेटमा कार्यक्रम समावेश हुने भएकाले यसलाई महत्वका साथ हेर्ने गरीन्छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ ।
नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा छ । यस्तै सुलभ सार्वजनिक स्वास्थ्य र पूर्वाधारलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।
कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण बैठक कक्षमा सामाजिक दूरी कायम हुने बस्ने व्यवस्था मिलाइएको सचिवालयका प्रवक्ता पाण्डेले बताए । 
संयुक्त बैठकमा प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद सहभागि हुनेछन् । कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार