१५ जेठ, हेटौंडा । आगामी वर्षको बजेट सार्वजनिक भएको छ । यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्दि गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०७७÷७८ का लागि स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ ।
सरकारले तत्काल आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य उपकरण खरिदका लागि ६ अर्बको बजेट विनियोजन गरेका छ ।
सरकारले कोरोना भाइरसलाई थप विस्तार हुन नदिने गरी परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको स्थापना र स्वास्थ्य उपचारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए।
सरकारले स्वास्थ्यका सबै कर्मचारीहरुको व्यक्तिगत सुरक्षासहित ५ लाखसम्मको स्वास्थ्य विमा गरेको छ ।
सरकारले काठमाडौं उपत्यकामा ३ सय शैया र प्रदेशका राजधानीहरुमा ५० शैयाको छुट्टै सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ ।
प्रदेशमा राजधानीका सरकारी असपतालमा २ सय ५० शैयाका आइसियु स्थापना गरिने अर्थमन्त्री खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।
पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोसी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नती गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।
टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाको सेवा विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउँदै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गरिने मन्त्री खतिवडाले बताए ।
सबै स्वास्थ्य संस्थाहरुमा उपचारसेवाका लागि आवश्यक प्रयोगशाला विस्तार गर्न, रोग निदान, फार्मेसी अनिवार्य सञ्चालन गर्न, विदेशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरण सहितको स्वास्थ्य डेस्क स्थापना गर्न बजेट विनियोजन गरिएको छ।
सरकारले सबै स्थानीय तहहरुमा गुणस्तरिय आधारभूम सेवा प्रदान गर्न ५ देखि १५ शैयाको अस्पताल निर्मार्ण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा २ सय ७२ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन गर्दै साविकका जिल्ला र अञ्चल अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए ।
यस्तै सरकारले प्रत्येक स्वास्थ्य संस्थामा एक चिकित्सकको व्यवस्था गर्ने भएको छ ।
स्थानीय तहका स्वास्थ्य संस्थामा चिकितसकको व्यवस्था गरी नसर्ने रोग सहित आधारभूत स्वास्थ्य सेवाको जाँच गराउन ५ अर्ब १० करोड वित्तिय हस्तान्तरणको व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए ।
सरकारले आगमी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा ल्याउने गरी कार्यक्रम अघि बढाएको छ ।
स्वास्थ्य विमा कार्यक्रममा आधारभूत बाहेकका सेवाहरु पनि विस्तार गर्ने योजना सहित स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्ब ५०करोड विनियोजन गरेको छ ।
सबै स्थानीय स्वास्थ्य संस्थाबाट सुरक्षीत मातृत्व र प्रजनन सेवा प्रदान गर्दै स्तन क्यान्सरको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
पोषण्का लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आगामी आर्थिक वर्षमा देशलाई पूर्ण खोपयुक्त घोषणा गर्न बजेट विनियोजन गरेको छ ।
घातक रोगका विरामी, जेष्ठ नजागरिक तथा बालबालिको मुटुको रोगको निःशूल्क उपचार गर्न र क्षयरोग, एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्न सरकारले ४ अर्ब २२ करोड विनियोजन गरेको छ ।
केन्द्रीय अस्पतालबाट सरकारले विपन्न र गरिब नागरिकलाई पहिलो चरणमा आकश्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
त्रिभुवन विश्वविद्यालय कोे चिकित्सा शास्त्र अध्ययन शास्त्र अन्तरर्गत नेफ्रोजोली तथा युरोलोजी लगायतका जटिल रोगको अध्ययन अध्यापन र तालिम सहितको विशिष्ट सेवा प्रदान गर्न मेडिकल केन्द्र स्थापना गर्ने भएको छ ।
स्वदेशमै संक्रामक लगायत सबै रोगको परीक्षण गर्न दक्ष प्राविधिक तथा उपकरण सहितको अन्तर्राष्टिउय स्तरको राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताए ।
गंगालला हृदयरोग केन्द्र परोपकार प्रसुती केन्द्र, मावन अंग प्रत्यारोपण केन्द्र, कान्ती बाल अस्पताल लगायतका विशिष्टिकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञको चिकित्सिकको सेवा सहित सेटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थइ सुविधा नपुगेका क्षेत्रका लागि भरपर्दो टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउने बजेको व्यवस्था गरेको छ ।
मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर केन्द्र तथा त्रिभुवन शिक्षण अस्पताल, विपि कोइराला क्यान्सर अस्तापल, जिपि कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यानसर अस्तपाल, रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरको दुवाकोटमा विर अस्पतालको सेवा सञ्चालन पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको मन्त्री खतिवडाले बताए ।
सरकारले नीजि क्षेत्रबाट सञ्चालनमा रहेका अस्पतालहरुलाई विपद र महामारीको समयमा सरकारले उपयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
नीजि अस्पतालहरुले प्रदान गर्ने सेवाको अनुगमन गरी त्यहाँ कार्यरत चिकित्सकहरुले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरेको छ ।
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई संक्रामक रोग नियन्त्रणको समेत अनुगमन गर्ने निकायको रुपमा विकास गर्ने, नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गर्ने, स्वास्थ्य संस्थामा अति आवश्यक औषधिको मौज्दात निरन्तर कायम गर्ने भएको छ । सरकारले ५२ हजार महिला स्वास्थय सेविकाको परिवारलाई दिँइदै आएको निःशूल्क स्वास्थ्य विमालाई निरन्तरता दिँदै यातायात खर्च दोब्बर पार्ने भएको छ । स्वयमसेविकाहरुलाई स्थानीय तह, गैह्र सरकारी संस्था तथा सामुदायिक संस्थाको सहकार्यमा सरसफाइ र स्वास्थ्य विमा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ ।
कान्ति बाल अस्पतालमा थप आइसियु सहितको पूर्वाधार निर्माण गरी उच्च शिक्षा अध्ययन गर्ने, उत्कृष्ठ केन्द्रको रुपमा विकास गर्न, सहिद गंगालाल हृदयरोग केन्द्रमा बाल मुटुरोग उपचार सेवा विस्तार गर्न र थप उपकरण खरिदका लागि सरकारले बजेटको व्यवस्था गरेको छ ।
सरकारले राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्न र मुलुकभर एउटै फोन नम्बरबाट सम्पर्क गरी एम्बेन्स सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा बृद्धि गरेको छ । यो वर्ष मन्त्रालयमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






