Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने

6890-1495214621.jpg

५ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एकजना चलचित्र पत्रकारलाई नगद ११ हजार १सय ११ राशि सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको छ ।

जेठ ७ गते चलचित्र पत्रकारितादिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष
मणिराज गौतमले बताए । संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ ।

संघले यसअघि पत्रकार  रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम अर्जुन दहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । यसवर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार
भोलाराज सापकोटालाई सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताए ।

आगामी जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिबसको अवसर परेर वरिष्ठ पत्रकार शान्तिप्रिय, पत्रकार खड्का र कलाकार सापकोटालाई सम्मान गर्न लागिएको हो । खड्कालाई नगद ५ हजार रुपैयाँ
राशिले दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिने छ भने कलाकार सापकोटालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने गौतमले बताए ।

हेटौडा ५ मा रहेको रिगल रिसोर्टमा भब्य समारोहको विच सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ । पत्रकार खड्का टिम टेलिभिजनमा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् ।कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।

संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवानपुरबाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार