Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने

6890-1495214621.jpg

५ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एकजना चलचित्र पत्रकारलाई नगद ११ हजार १सय ११ राशि सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको छ ।

जेठ ७ गते चलचित्र पत्रकारितादिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष
मणिराज गौतमले बताए । संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ ।

संघले यसअघि पत्रकार  रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम अर्जुन दहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । यसवर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार
भोलाराज सापकोटालाई सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताए ।

आगामी जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिबसको अवसर परेर वरिष्ठ पत्रकार शान्तिप्रिय, पत्रकार खड्का र कलाकार सापकोटालाई सम्मान गर्न लागिएको हो । खड्कालाई नगद ५ हजार रुपैयाँ
राशिले दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिने छ भने कलाकार सापकोटालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने गौतमले बताए ।

हेटौडा ५ मा रहेको रिगल रिसोर्टमा भब्य समारोहको विच सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ । पत्रकार खड्का टिम टेलिभिजनमा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् ।कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।

संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवानपुरबाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg