Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

HNP-1592976462.jpg

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौँ नगरसभामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंया बजेट विनियोजन गरेकी हुन् । 
बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको छ । 
उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख  र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ । 
उपमहानगरका नागरिक कोरोना भाइरस संक्रमण भई मृत्यु भएको अवस्थामा मृतक परिवारलाई ३ लाख रुपैंया उपलव्ध गराउने जनाईएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ । 
उपमहानगरले

७ औ नगरसभा मार्फत अग्रज पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,विकास पत्रकारिता पुरस्कारबाट पत्रकारहरु प्रकाश दाहाल,सुवास बिडारी, सुदिप शिवाकोटी, सरिता दाहाल सुरेश श्रेष्ठ र कृृृष्णा उदास खनाल सहित विभिन्न महानुभाव र  सेवानिवृत भएका कर्मचारीलाई सम्मान गरेको थियो । कार्यक्रम बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार