Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

लकडाउन पछि खुलेको शेयर बजारमा नेप्से घट्यो

nepal-share-market-1593425201.jpg

१५ असार, हेटौंडा । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।

कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अंक)ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो ।

बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो ।
तरपनि सोमबारको बजार बन्द हुँदा सम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।
सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ ।
दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद विक्री भएको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको शेयरधनीले कमाएका छन् ।
यि कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् ।
जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समुहका सूचकहरु बढेका छन् ।
बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन् ।
सोमबार देखि खुलेको नेप्से बजार लकडाउन अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार