१९ असार, हेटौंडा । बागमती प्रदेश सरकारले भ्रमण खर्च उपशिर्षकमा ९ अर्ब बढि रकम राखेको भन्दै संसदमा औचित्य पुष्टि गर्न प्रदेश सांसद प्रभात तमाङले चुनौती दिएका छन् ।
बिनियोजन बिधेयक माथिको छलफलको क्रममा उनले विशिष्ट व्यक्तिको भ्रमण खर्च उपशिर्षक, प्रतिनिधि मण्डलको भ्रमण खर्च उपशीर्षक र अर्थ विविध शीर्षकमा विभिन्न योजनाको नाम र रकम राखेको भन्दै औचित्य पुष्टि गर्न आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई चुनौती दिएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तमाङले मन्त्री ढुंगेललाई विनियोजित बजेट रकम ९ अर्ब ८० करोड ७९ लाख रकम सरकारको आर्थिक संकेत उपशीर्षक नम्बर ६०२०००११ विशिष्ट व्यक्तिको भ्रमण खर्च र ६०२०००१२ प्रतिनिधि मण्डलको भ्रमण खर्च शीर्षक रहेको र यो उपशीर्षकबाट विनियोजित भिमफेदी कुलेखानी सुरूङमार्ग लगायतका ठुला आयोजनाहरु हजूवा तालमा ल्याएको र यसको औचित्य पुष्टि गर्न चुनौती दिंदै पुरक प्रश्न राखेका थिए ।
उनले अर्थ विविध शीर्षक अन्तर्गत विनियोजन बजेट पुरै गलत भएको भन्दै ठीक छ भनि पुस्टि गर्न आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेल र मुख्यमन्त्री डोरमणी पौडेललाई प्रश्न गरेका थिए । तर आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीले प्रश्नको जबाफ दिन नसकेपछि साैसद तमाङले पुनः सभमुखसंग समय मागेर गलत तारिकाबाट आएको बजेट शीर्षकको पुष्टि नगरी पारित गर्दा ९ अर्ब ३८ करोड ७९ लाख नमिलने देखिने हुँदा जनता र सांसदलाई गुमराहमा राखेर हुबहु बजेट पारित गरिनु हून्न भन्ने प्रश्नमा राखेका थिए । तर सभामुख सानुकुमार श्रेष्ठले प्रश्न माथी पुनः प्रश्न गर्न नमिल्ने बताएका थिए ।
तमाङले यो आर्थिक ऐेन विपरीत हुने गरि आएको बजेट यहि ढंगले खर्च गरे आर्थिक अनुशासन उल्लंघन हुने र सरकार नीतिगत भ्रष्टाचारमा जुटेको प्रष्ट हुने प्रतिक्रिया दिए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






