Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

ब्रिटिस गायक जेसनको प्रस्तुति हुने

jay-sean-6-1288102478-vie-1496669303.jpg

२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  । 
काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै 
कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र 
देख्न पाईने भएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक श्रृंखला अन्तर्गत पहिलो श्रृंखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानले जेसनसँग सम्झौता सहित नेपाल आउनको लागि उनी र उनको समुहको हवाई जहाज टिकट समेत बुक गरिएको बताए । 
सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सांगितिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ जुनमा काठमाडौं आउने छन् । खानका अनुसार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ जुन बेलुका कार्यक्रम सकेर उनी २९ जुनमा अमेरिका नै फर्कने छन् । 
जेसनले काठमाडौंको साँगीतिक साँझमा राईड इट..., मेक माई लभ..., स्टोलन..., डाउन डाउन..., आइ एम अल योर्स..., लाईक दिस लाईक द्याट..., डान्स विद यु..., स्टे...ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् । 
नेपालका जेसनका प्रशंसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार