१७ साउन, हेटौँडा । शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए शिशु मृत्युदरमा रोकथाम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुले यस्तो जानकारी दिएका हुन् ।
कार्यालयकी पव्लिक हेल्थ नर्स मिलन घिमिरेले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए शिशु मृत्युदर २२ प्रतिशतले रोकथाम बताईन् । उनका अनुसार ५४ प्रतिशत शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गर्दछ र एक घण्टामा स्तनपान गराए यो मृत्युदर २२ प्रतिशतले रोकथाम हुन्छ । बच्चालाई जन्मिएको ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनुपर्ने र ६ महिनापछि पोषिलो खानेकुरासँगै २ बर्ष वा बढिसमय दूध खुवाउनाले बच्चा स्वस्थ हुने उनको भनाई छ ।
पछिल्लो तथ्यांक अनुसार मकवानपुरमा सुत्केरी आमामध्ये २ हजार ९ सय ८१ जनाले ६ महिनासम्म बच्चालाई आफ्नो दुध खुवाउने गरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । मकवानपुरमा आव ०७२÷०७३ मा ४ हजार ६ सय ३० जनाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिएका छन् ।
समाजमा रहेको स्तनपानबारेको भ्रम हटाउन अगष्ट १ देखि ७ अर्थात साउन १७ देखि २३ गतेसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निरीक्षक भीमसागर गुरागाई र भोला चौलागाई, तथ्यांक अधिकृत सुरेश यादव लगायतले सहजिकरण गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















