Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लोक सेवा हातामा बृक्षरोपण

19179541_1400871006669219-1497544573.jpg

१ असार, हेटौंडा । लोक सेवा आयोग स्थापना भएको ६७ वर्ष पुगेको छ । आयोगले आफ्नो बार्षिकोत्सवको अवसरमा लोक सेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौंडाले कार्यालय हातभित्र बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ । 

कार्यालयले बिहीबार बृक्षरोपण, छलफल र सरसफाई कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कार्यालय परिसरमा फूल र विभिन्न जातको विरुवा रोपिएको छ । कार्यालय प्रमुख केशवराज त्रिपाठीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले लोक सेवा आयोगलाई मन्दिरको संज्ञा दिएका छन् । उनले सरकारको निष्पक्षता झल्कने आयोगले देशका दक्ष जनशक्तिलाई जनताको सेवामा परिचालन गरेको बताए ।

कार्यक्रममा कार्यालय प्रमुख त्रिपाठीले आव २०७२/०७३ मा हेटौंडाबाट ३ सय १२ जना सरकारी सेवा नियुक्त भएको जानकारी दिए । उनका अनुसार २८ जना बैकल्पिकमा रहेकालाई आयोगले विभिन्न कार्यालयमा नियुक्त गरेको छ ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापा, जिल्ला समन्वय समिति प्रमुख नारायण मैनाली, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कोषाध्यक्ष सुदीप शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो । कार्यालयका नायव सुब्बा कुश रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार