Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडी, तिब्रगतिको इन्टरनेट उपलब्ध

Classic-Tech-Logo-1598169986.png

७ भदौ, हेटौंडा । नेपालको विश्वसनीय एवं तिब्रगतिको इन्टरनेट उपलब्ध गराउँदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग शुरु गरेको छ ।
नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक भएको र विगत १ वर्ष अगाडीबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको छ ।
कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशत भन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी ६ मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको छ । इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरि सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरि काम गरिरहेको हो ।
अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आईपी एड्रेस प्रयोग गरिरहेका छन् जुन आईपीभी४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ ।
यसले २^३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आईपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आईपीभी४ ठेगानाहरु सकिईसकेका छन् । अबको डिभाइसहरु आईपीभी ६ मा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आईपीभी ६ प्रयोग गरीरहेको छ। ‘हामीले हाम्रो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आईपीभी ६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन् । ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी६ प्रयोग गर्ने कम्पनीमा अगाडी हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।
आईपीभी६ (इन्टर्नेट प्रोटोकोल संस्करण) इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन हो र आईपीभी४ को सफल उत्तराधिकारी हो । यसले आईपीभी४ को जस्तै समान कार्य गर्दछ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्नको लागी अद्वितीय आईपी ठेगानाहरू प्रदान गर्दछ। आईपीभी६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्दछ। तसर्थ, यसले २^१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११, ४५६ लाई समर्थन गर्न सक्दछ।
आईपीभी ६ ठेगानाहरूको संख्या आईपीभी ४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा ठूलो छ। त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आईपीभी ६ ठेगानाहरू उपलब्ध छन्।
यहि विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवादिँदै आएको छ जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको छ । कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको जनाएको छ।
प्रत्येक सिडिएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुनेछ र आईपीभी६ समावेश भएको हुन्छ। यसले क्लासिक टेकका मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि निम्न किसिमका मुख्य फाइदाहरू दिने जनाइएको छ ।
- थप एनएटी हुँदैन् (नेटवर्क एड्रेस ट्रान्सलेशन)
- स्वतः कन्फिगरेसन अधिक निजी ठेगानामा समस्याहरु छैनन्
- मल्टिकास्टको लागि उत्तम मार्ग (राउटिङ्ग)
- साधारण हेडर प्रारूप
- सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ्ग)
- साँच्चिकै उच्च गुणस्तरको सेवा
- अंतर्निहित प्रमाणीकरण र गोपनीयता सपोर्ट
- लचिलो विकल्प र विस्तार गर्न सकिने
- सजिलो एडमिनिस्ट्रेसन (थप डिएचसिपी छैन)
- सेक्यूरिटी, गोपनीयता, प्रमाणिकरण र एकिकृत डाटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार