Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बन्दको सदुपयोग गर्दै हेटौंडा-६ का शिक्षक व्यवसायिक कृषिमा व्यस्त

20200824_135700-1598257591.jpg

८ भदौ, हेटौंडा । कोरोना महामारीका कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएको ५ महिना भएको छ ।
उद्योग, कलकारखाना, ब्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । यही बन्दको समय सदुपयोग गर्दै हेटौंडा-६ का एक शिक्षक भने व्यवसायिक कृषिमा समय खर्चिरहेका छन् । हेटौंडा-६ शान्तिट‍ोलमा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलका संचालक एवं शिक्षक भरत सापकोटा कोरोना महामारीले विद्यालय बन्द भएपछि व्यवसायिक कृषिकर्ममा तल्लिन भएका छन् । व्यवसायिक कृषिको अवधारणाका साथ
उनले ५ जना युवाको समूह नै बनाई रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामक फर्म दर्ता गरि काम गरिरहेका छन् ।
३५ लाख रूपैयाँ भन्दा बढि खर्चेर कृषि व्यवसाय शुरू गरेका सापकोटासहितका युवाहरूको समय १५ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि फर्ममा नै वित्ने गरेको छ । लहरे तरकारी वाली, तितेकरेला, लौका, बोडी लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली, १२ सय लोकल कुखुरा, ३ वटा पोखरीमा विभिन्न प्रजातिका ५ हजार माछा रहेको रिसर्च सेन्टरका अध्यक्ष रहेका सापकोटाले जानकारी दिए ।
विषादी प्रयोग भएका उत्पादन भन्दा विषादीरहित उत्पादन उपभोक्ताले रुचाउने भएकाले मौसमी तथा बेमौसमी तरकारी खेतीसँगै केहि नयाँ प्रजातिका माछा, टर्की, लोकल र बोइलर कुखुरा र बाख्रा पालन गर्न तयारी रहेको बताए ।  आगामी बर्ष देखि वायो फ्लक प्रविधि मार्फत माछा पालन र तालिम सञ्चालन गर्ने  योजनामा रहेको बताए ।
लकडाउन र निषेधाज्ञाले १ करोड रूपैयाँ बढि लगानी रहेको विद्यालय पूर्ण रूपमा बन्द भएपछि स्वरोजगार बन्ने उद्धेश्यले यता लागेको उनको भनाइ छ । युवाहरू कृषि क्षेत्रबाट पलायन भईरहेको अवस्था आफुहरू यो क्षेत्रमा लागेको भन्दै सरकारी एवं गैरसरकारी निकायबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।  भिडियो हेर्न लिंकमा क्लिक गर्नुस् ।       https://youtu.be/5zq2K7p4f3c      

20200824_140025-1598257615.jpg
20200824_135925-1598258793.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार