Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बन्दको सदुपयोग गर्दै हेटौंडा-६ का शिक्षक व्यवसायिक कृषिमा व्यस्त

20200824_135700-1598257591.jpg

८ भदौ, हेटौंडा । कोरोना महामारीका कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएको ५ महिना भएको छ ।
उद्योग, कलकारखाना, ब्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । यही बन्दको समय सदुपयोग गर्दै हेटौंडा-६ का एक शिक्षक भने व्यवसायिक कृषिमा समय खर्चिरहेका छन् । हेटौंडा-६ शान्तिट‍ोलमा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलका संचालक एवं शिक्षक भरत सापकोटा कोरोना महामारीले विद्यालय बन्द भएपछि व्यवसायिक कृषिकर्ममा तल्लिन भएका छन् । व्यवसायिक कृषिको अवधारणाका साथ
उनले ५ जना युवाको समूह नै बनाई रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामक फर्म दर्ता गरि काम गरिरहेका छन् ।
३५ लाख रूपैयाँ भन्दा बढि खर्चेर कृषि व्यवसाय शुरू गरेका सापकोटासहितका युवाहरूको समय १५ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि फर्ममा नै वित्ने गरेको छ । लहरे तरकारी वाली, तितेकरेला, लौका, बोडी लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली, १२ सय लोकल कुखुरा, ३ वटा पोखरीमा विभिन्न प्रजातिका ५ हजार माछा रहेको रिसर्च सेन्टरका अध्यक्ष रहेका सापकोटाले जानकारी दिए ।
विषादी प्रयोग भएका उत्पादन भन्दा विषादीरहित उत्पादन उपभोक्ताले रुचाउने भएकाले मौसमी तथा बेमौसमी तरकारी खेतीसँगै केहि नयाँ प्रजातिका माछा, टर्की, लोकल र बोइलर कुखुरा र बाख्रा पालन गर्न तयारी रहेको बताए ।  आगामी बर्ष देखि वायो फ्लक प्रविधि मार्फत माछा पालन र तालिम सञ्चालन गर्ने  योजनामा रहेको बताए ।
लकडाउन र निषेधाज्ञाले १ करोड रूपैयाँ बढि लगानी रहेको विद्यालय पूर्ण रूपमा बन्द भएपछि स्वरोजगार बन्ने उद्धेश्यले यता लागेको उनको भनाइ छ । युवाहरू कृषि क्षेत्रबाट पलायन भईरहेको अवस्था आफुहरू यो क्षेत्रमा लागेको भन्दै सरकारी एवं गैरसरकारी निकायबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।  भिडियो हेर्न लिंकमा क्लिक गर्नुस् ।       https://youtu.be/5zq2K7p4f3c      

20200824_140025-1598257615.jpg
20200824_135925-1598258793.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार