Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कोरोना बीमाबारे थाहा पाउनुपर्ने केही तथ्य

Corona-Bimaa-1598953496.jpg

१६ भदौ, काठमाडौँ । बीमा समितिले वैशाख ७ गतेदेखि औपचारिक रुपमा कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्‍यो । त्यसको करिब एक महिनापछि अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते चालु आर्थिक वर्षको बजेट भाषण गर्दै एक लाख रुपैयाँको कोरोना बीमा सरकारले गरिदिने घोषणा गरे । 
तर बीमा समितिका प्रवक्ता राजु रमन पौडेलले सरकारले एक लाख रुपैयाँको बीमाङ्कमा अनुदान दिने नभएर शुल्कमा अनुदान दिने बताए । उनले भने, ‘सरकारले बीमा शुल्कमा अनुदान दिने हो न कि बीमाङ्कमा । सकारले सामूहिक रुपमा गरेको बीमाङ्क शुल्कमा अनुदान दिने हो । एकलमा अनुदान दिँदैन । जस्तो कुनै परिवारले सामूहिक रुपमा बीमा गर्‍यो त्यसमा उसले गरेको बीमाङ्क आधी शुल्क सरकारले अनुदान दिने हो ।’ सरकारले सरकारी कर्मचारीलाई शतप्रतिशत र सर्वसाधारणलाई बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिनेछ । यस्तै नेपाली नागरिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा सामूहिक बीमालेख खरिद गर्न सक्नेछन्। बीमालेखलाई दुई तहमा बीमाङ्क कायम गरिएको प्रवक्ता पौडेलले बताए।
‘कोरोना बीमा गर्दा १ लाख र ५० हजार रुपैयाँको व्यक्तिगत तथा सामूहिक बीमा गर्न सकिन्छ’ उनले भने, ‘व्यक्तिगत रुपमा एक लाखको बीमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । परिवार वा संस्थाको गर्दा ५ सय रुपैयाँ तिर्नुपर्छ ।’ उनले थपे, ‘दोस्रो बीमालेख ५० हजारको छ। उक्त बीमालेख एकल व्यक्तिले खरिद गरेको खण्डमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने र सामूहिक, संस्थागत तथा पारिवारिक रुपमा भने १५० रुपैयाँ तिर्नुपर्छ।’
बीमा शुल्क भुक्तानि गरे बापत कोरोना भाइरसको संक्रमण भएको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानूनी अधिकार प्रमाणित भएमा करारको अधिनमा रही बीमालेख बमोजिमकोे रकम बीमकले भुक्तानि पाउने उनले बताए । ‘कोरोना भाइरसको संक्रमण पुष्टि भएको खण्डमा बीमकले बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र दाबी भुक्तान नहुँदै व्यक्तिको मुत्यु भएको अवस्थामा बीमकले इच्छाएको व्यक्ति वा कानूनी हकदारलाई भुक्तानि दिइने छ’ उनले भने ।
यस्तै उनले बीमकमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको अवस्थामा दाबी भुक्तानि नहुने जानकारी दिए। ‘यो बीमा निर्जीवन बीमा कम्पनीले गर्ने भएर संक्रमण पुष्टि नभएपछि भुक्तानि दाबी गर्न पाइँदैन’ उनले भने, ‘जीवन बीमा भएको भए पाइन्थ्यो।’

कति दिनमा दाबी गर्न पाइने ?
बीमक संक्रमण पुष्टि भएदेखि १५ दिनसम्म क्वारेन्टिनमा बसेको अवधि सकिएपछि दाबी गर्न पाउँछ। दाबी भुक्तानिका लागि बीमकले सात दिनभित्र उपचार खर्च सम्पूर्ण विवरण बीमा कम्पनीलाई बुझाउनु पर्छ।

दाबी गर्ने प्रक्रिया
बीमितको नाम, कोरोना भाइरस संक्रमण पुष्टि भएको मिति र विवरण, पूर्ण रुपमा भरिएको दाबी फाराम तथा भाइरसको पुष्टि भएको परीक्षणको सम्पूर्ण कागजातहरुका सार्थ सरकारबाट मान्यता प्राप्त अस्पतालमा भर्ना भएको अवस्थादेखि डिस्जार्चसम्मका अस्पतालले दिने कागजपत्र हुनुपर्ने समितिले जनाएको छ । यस्तै स्थानीय निकायले १५ दिन क्वारेन्टिनमा बसेको र कोरोना पुष्टि भएको सिफारिस गर्नुपर्ने छ।

बीमाको अवधि
कोरोना बीमाको अवधि एक वर्षसम्मको हुने प्रवक्ता पौडेलले जानकारी दिए । एक वर्षपछि सरकारले उक्त बीमालाई निरन्तरता दिएमा लागु हुने उनको भनाई छ। ‘बीमाको अवधि आगामी असार मसान्तसम्म मात्र लागु हुनेछ’ उनले भने, ‘यदि सरकारले निरन्तरता दिएमा आगामी दिनमा लागु हुनसक्छ।’
उनका अनुसार समितिले न्यून आय भएका व्यक्रिहरुका लागि कोरोना बीमा ल्याएका हौँ । कारोना संक्रमण पुष्टि भएको खण्डमा सरकारले उपचार गरे पनि संक्रमित व्यक्तिका अन्य खर्चहरु हुने भएकाले कोारेना बीमा ल्याएको उनले बताए ।
‘संक्रमण पुष्टि भइसकेपछि सरकारले उपचार गर्छ’ उनले भने, ‘तर संक्रमित व्यक्तिलाई फलफुल, अन्य पौष्टिक आहार लगायतका खर्च हुन्छन्। ती सामान्य आवश्यकता परिपूर्तिका लागि यो बीमालेख हो।’

दाबी गरेको कति समयमा भुक्तानि हुन्छ ?
बीमा समितिका अनुसार नेपालमा अहिले कोरोना महामारी बढेपछि कोरोना बीमाको दाबी भुक्तानि पनि बढ्दै गएको छ। उनले भने, ‘कोरोना भाइरस संक्रमणको रिपोर्ट आउने बित्तिकै दाबी गर्नुस्, त्यसको २४ घण्टाभित्र भुक्तानि हुन्छ’ उनले भने।

कतिले पाउँछन् दाबी भुक्तानि ?
बीमा समितिका अनुसार कोरोना बीमा सुरु भएदेखि सोमबार (भदौ १५ गते) सम्म ८ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानि भएको छ। उक्त दाबी भुक्तानिका लागि ८२५ बीमक दाबी भुक्तानि गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ।

कतिले गरे कोरोना बीमा ?
कोरोना बीमा औपचारिक रुपमा सुरु भएदेखि हालसम्म ८ लाख ९४ हजार ती सय ४३ बीमकले कोरोना बीमा गरेको बीमा समितिले जनाएको छ । बीमालेख बिक्री मार्फत बीमा कम्पनीहरुले हालसम्म ५० करोड ३७ लाख २९ हजार सात सय ८२ रुपैयाँ प्रमियम संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

बीमालेख कसरी खरिद गर्ने ?
निषेधाज्ञाको समयमा पनि सजिलै पोलिसी खरिद गर्न सकिने प्रवक्ता पौडेलले बताए । पोलिसी खरिदका लागि मेडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले अनलाइनमार्फत खरिद गर्न सकिने उनले बताए । बीमालेख सबै निर्जीवन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने समितिले जनाएको छ । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको प्रवक्ता पौडेलले बताए । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार