१८ भदौ, हेटौंडा । हेटौंडामा मंगलबारबाट सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएपनि ग्राहक आउन नपाएपछि व्यापार नभएको गुनासो व्यवसायीहरुले गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई परिमार्जन गर्दै सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएको थियो ।
तर पसलमा किनमेलका लागि ग्राहक आउन नपाएपछि व्यवसायीहरुको खुशी धेरै समय टिक्न सकेन । प्रशासनले नीजि तथा सार्वजनिक सवारी संचालनमा रोक कायमै राखेकाले बजारमा किनमेलका लागि आउने ग्राहक निकै कम छन् । हेटौंडा बजार र नजिकका केही ग्राहक मात्रै हिडेर आउने गरेको व्यवसायीहरुले बताएका छन् । ‘विहान १० बजे पसल बन्द गरिसक्नुपर्छ, हिडेर आउने मान्छे आउनै भ्याउँदैनन्, अनि कसरी व्यापार गर्नु ?’–राप्तिरोडमा रहेको डिपि कलेक्सनका संचालक पवन दुलालले भने–‘व्यवसायीलाई पसल खोल्न दिएर ग्राहक आउन बन्देज गरिएकाले हामी रुनु न हाँस्नुको अवस्थामा छौं । उनका अनुसार बजारका व्यवसायीले पसल खोलेपनि ग्राहक कुर्ने र फर्कने भन्दा व्यापार गर्न सकेका छैनन् ।
अर्का व्यापारी भन्छन्–‘मकवानपुरका ग्रामिण भेगबाट ग्राहक आउन पाएका छैनन्, अनि ५ घण्टामा कति व्यापार हुन्छ र ?’ सवारी संचालनमा नआएसम्म व्यापार २५ प्रतिशत हुन पनि गाह्रो हुने उनीहरुको भनाई छ । पसल खोलेपछि घरबेटीले भाडा माग्न शुरु गरिसकेको बजारका कतिपय व्यवसायीहरुको गुनासो छ । ‘पसल बन्द हुँदा बन्द छ भनेर चुप लागेका घरबेटीले आफ्नो समस्या देखाएर भाडा माग्न थालिसके ।’–एक किराना पसलले भने ।
मकवानपुर उद्योग बाणिज्य संघले पसल संचालन गर्ने वातावरण बनाएर ठूलै गुन लगाएको झैं गर्ने गरेको बताउँदै व्यवसायीले निश्चित दिन दिनभर पसल र यातायात संचालनको वातावरण मिलाए मात्रै गुन गरेको हुने बताएका छन् । ग्राहक विना ५ घण्टा पसल खोल्नु भन्दा सातामा कम्तिमा २ दिन व्यवसाय र सवारी संचालनको वातावरण मिलाए थोरै भएपनि राहत हुने केही व्यवसायीहरुको भनाई छ ।
तर कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले तत्काल सवारी संचालन र जमघट हुने अवस्थालाई सहज गर्न नसकिने बताउँदै आएको छ ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






