Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौंडाका व्यवसायी भन्छन्-‘ग्राहक आउन नपाएपछि पसल कुर्ने फर्कने गरेका छौं’

DP2-1599112779.jpg

१८ भदौ, हेटौंडा । हेटौंडामा मंगलबारबाट सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएपनि ग्राहक आउन नपाएपछि व्यापार नभएको गुनासो व्यवसायीहरुले गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई परिमार्जन गर्दै सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएको थियो । 
तर पसलमा किनमेलका लागि ग्राहक आउन नपाएपछि व्यवसायीहरुको खुशी धेरै समय टिक्न सकेन । प्रशासनले नीजि तथा सार्वजनिक सवारी संचालनमा रोक कायमै राखेकाले बजारमा किनमेलका लागि आउने ग्राहक निकै कम छन् । हेटौंडा बजार र नजिकका केही ग्राहक मात्रै हिडेर आउने गरेको व्यवसायीहरुले बताएका छन् । ‘विहान १० बजे पसल बन्द गरिसक्नुपर्छ, हिडेर आउने मान्छे आउनै भ्याउँदैनन्, अनि कसरी व्यापार गर्नु ?’–राप्तिरोडमा रहेको डिपि कलेक्सनका संचालक पवन दुलालले भने–‘व्यवसायीलाई पसल खोल्न दिएर ग्राहक आउन बन्देज गरिएकाले हामी रुनु न हाँस्नुको अवस्थामा छौं । उनका अनुसार बजारका व्यवसायीले पसल खोलेपनि ग्राहक कुर्ने र फर्कने भन्दा व्यापार गर्न सकेका छैनन् ।
अर्का व्यापारी भन्छन्–‘मकवानपुरका ग्रामिण भेगबाट ग्राहक आउन पाएका छैनन्, अनि ५ घण्टामा कति व्यापार हुन्छ र ?’ सवारी संचालनमा नआएसम्म व्यापार २५ प्रतिशत हुन पनि गाह्रो हुने उनीहरुको भनाई छ । पसल खोलेपछि घरबेटीले भाडा माग्न शुरु गरिसकेको बजारका कतिपय व्यवसायीहरुको गुनासो छ । ‘पसल बन्द हुँदा बन्द छ भनेर चुप लागेका घरबेटीले आफ्नो समस्या देखाएर भाडा माग्न थालिसके ।’–एक किराना पसलले भने ।
मकवानपुर उद्योग बाणिज्य संघले पसल संचालन गर्ने वातावरण बनाएर ठूलै गुन लगाएको झैं गर्ने गरेको बताउँदै व्यवसायीले निश्चित दिन दिनभर पसल र यातायात संचालनको वातावरण मिलाए मात्रै गुन गरेको हुने बताएका छन् । ग्राहक विना ५ घण्टा पसल खोल्नु भन्दा सातामा कम्तिमा २ दिन व्यवसाय र सवारी संचालनको वातावरण मिलाए थोरै भएपनि राहत हुने केही व्यवसायीहरुको भनाई छ ।
तर कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले तत्काल सवारी संचालन र जमघट हुने अवस्थालाई सहज गर्न नसकिने बताउँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

थप समाचार