Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको २५ औं स्थापना दिवस सम्पन्न

FB_IMG_1599641295358-1599641430.jpg

२४ भदौ, हेटौंडा । हेटौडा-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले  बुधवार आफनो २५ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अजुनप्रसाद चौलागाईले जनकल्याण सहकारी संस्थाले आफना शेयर सदस्यहरुको हितमा कार्य गरेको बताए । एकै प्रकतिका सहकारी संस्थाहरु एकिकरण गरी वित्तिय कारोवार गर्नु पर्नेमा जोड दिदै वडा अध्यक्ष चौलागाईले सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्ने बताए । 
सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, चौघडा बचत तथा ऋण सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, सल्लाहकार बद्री बहादुर पाठक, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, कोषाध्यक्ष चेतनाथ खतिवडा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, बंशगोपाल दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष केशव धिताल, संचालक समितिका पदाधिकारी, लेखा समिति, शेयर सदस्य र संचारकर्मीको सहभागिता थियो ।
२०५३ भाद्र २४ गते २९ जना संस्थापक शेयर सदस्यहरु बाट शुरु गरिएको यो सहकारीमा हाल २ हजार ५२२ जना शेयर सदस्यहरु आवद्ध रहेका छन । २ करोड २० लाख शेयर पूँजी १४ करोड निक्षेप र १५ करोड २२ लाख ऋण लगानीमा रहेको संस्थाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार