१२ असोज, हेटौंडा । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपयीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा कोभिड–१९ का कारण श्रमिक तथा श्रम क्षेत्रमा पर्न गएको असर लकडाउन अबधिमा श्रमिकको पारिश्रमिक भुक्तानी र त्यसको समाधान सम्बन्धि सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम भएको हो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समतिका संयोजक एवं नेपाल ट्रेड युनियन कांग्रेसका बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्यालले सहजिकरण गरेको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, सन्तराम प्रजा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग संघ मकवानपुर, श्रम कार्यलय हेटौंडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जेटियुसीसी बागमती प्रदेश समन्वय समितिका संयोजक घनश्याम चापागाईले कार्यपत्र प्रस्तुत गरेका थिए । संयोजक चापागाईले प्रस्तुत गरेको कार्यपत्र माथी अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर उपाध्यक्ष रामशरण घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष कुमार पौडेल लगायतले टिप्पणी गरेका थिए ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

