Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

दिव्यतारा सहकारीको सेवा ललितपुरबाट

20201102_190627-1604323387.jpg

१७ कार्तिक,हेटौँडा।  बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुर जिल्लामा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच ललितपुरको धोबिघाटबाट सेवा सुरु गरेको हो । बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरिएको हो । सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाको बिषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले कार्यक्रमका सहभागीलाई जानकारी गराएकी थिइन् । "२०५५ सालमा स्थापना भएको दिव्यताराले मकवानपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका थियौं । जिल्लामा ९ वटा शाखामार्फत सेवा दिदै आएकोमा अब प्रदेशभरी सेवा दिन स्वीकृति पाएका छौँ, अध्यक्ष डीनाले भनिन्, "ललितपुरबाट सेवा सुरु गरेका छौं । १९ गतेदेखि चितवनमा पनि कार्यालय सन्चालन गरि सेवा दिँदैछौँ । दिव्यतारालाई प्रदेशकै नम्बर एक सहकारी बनाउने हाम्रो उधेश्य हो ।" ललितपुरमा सन्तोष खड्कालाई सहकारीको संयोजक तोकिएको छ । मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तोरीको तेल उधोग र उपभोक्ता सहकारी पसल सन्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र सावुन उधोग सन्चालनमा ल्याउने तयारी गरिरहेको छ । सहकारीको कारोबार साढे ३ अरब रहेको छ भने

एक अरब पुजी रहेको छ । बहुउद्देश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले जानकारी दिइन । कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाको बिषयमा जानकारी गराएका थिए । ललितपुर जिल्ला संयोजक सन्तोष खड्काले दिव्यतारालाई मकवानपुरमा जस्तै सफल बनाउने लक्ष्य रहेको बताए । कार्यक्रममा सहकारीका सचिव गणेश भेटवाल, कोषाध्यक्ष इश्वर पण्डित, कार्यसमिति सदस्य एवम् रेडियो मकवानपुर संचालक समिति अध्यक्ष आनन्दराम पराजुली, सल्लाहकार दिनेश उपाध्याय, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगयातको आतिथ्यता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार