१९ कार्तिक, हेटौँडा। वागमती प्रदेशको राजधानी हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा चितवनमा पनि खोल्न माग भएको छ ।
बुधबार चितवनको चौविस कोठीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले दिव्यताराको शाखा चितवनमा पनि खोल्न माग गरेका हुन् । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले केही समय अघि भएको अवलोकन भ्रमणको क्रममा दिव्यताराले विभिन्न क्षेत्रमा काम गरिरहेको थाहा पाएपश्चात चितवनमा पनि शाखा खोल्न माग गरेको बताइन् । चितवनमा भएका सहकारीहरु संग समन्वय गरि काम गरिने उनले जानकारी दिइन् । यता सहकारीका अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले दिव्यताराले गर्दै आएको कामको बिषयमा जानकारी गराएकी थिइन् । "मकवानपुरमा ९ वटा सेवा केन्द्रमार्फत काम गरिरहेका छौँ, उनले भनिन्, "बैंक नपुगेको ग्रामीण दुरदराजमा पुगेर हाम्ले सेवा गरेका छौं ।" सहकारीलाई केहिले कमाई खाने भाँडो बनाएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन । गत साधारणसभाबाट सहकारीको कार्यक्षेत्र मकवानपुरबाट बढाएर बागमती प्रदेश बनाउने निर्णय भएको जानकारी दिँदै अध्यक्ष डीनाले आवश्यक कानूनी प्रक्रिया पूरा गरि चितवनमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन । चितवनमा रहेका सहकारी संस्थाहरु संग हातेमालो गरि काम गर्ने इच्छा भएको उनको भनाई थियो । मकवानपुरमा १० हजार बढी शेयर सदस्य रहेको दिव्यताराको करिब ३ अर्बको कारोबार रहेको छ । सहकारीले रेडियो मकवानपुर, तोरीको तेल उत्पादन तथा विक्री र उपभोक्ता सहकारी पसल सन्चालन गरिरहेको छ भने सावुन उधोग र गोलभेंडा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, संविधानसभा सदस्य अन्जनी श्रेष्ठ,नेपाली काङ्ग्रेस चितवनमा सचिव उत्तम जोशी, जिल्ला सहकारी संघ चितवनका निवर्तमान अध्यक्ष टीकाराम भट्टराईसहित दिव्यताराका पदाधिकारी एवम् कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

