Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सेवा विस्तार गर्दै दिव्यतारा,चितवनमा शाखा खोल्न माग

20201104_205145-1604502643.jpg

१९ कार्तिक, हेटौँडा।  वागमती प्रदेशको राजधानी हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा चितवनमा पनि खोल्न माग भएको छ ।

बुधबार चितवनको चौविस कोठीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले दिव्यताराको शाखा चितवनमा पनि खोल्न माग गरेका हुन् । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले केही समय अघि भएको अवलोकन भ्रमणको क्रममा दिव्यताराले विभिन्न क्षेत्रमा काम गरिरहेको थाहा पाएपश्चात चितवनमा पनि शाखा खोल्न माग गरेको बताइन् । चितवनमा भएका सहकारीहरु संग समन्वय गरि काम गरिने उनले जानकारी दिइन् । यता सहकारीका अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले दिव्यताराले गर्दै आएको कामको बिषयमा जानकारी गराएकी थिइन् । "मकवानपुरमा ९ वटा सेवा केन्द्रमार्फत काम गरिरहेका छौँ, उनले भनिन्, "बैंक नपुगेको ग्रामीण दुरदराजमा पुगेर हाम्ले सेवा गरेका छौं ।" सहकारीलाई केहिले कमाई खाने भाँडो बनाएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन । गत साधारणसभाबाट सहकारीको कार्यक्षेत्र मकवानपुरबाट बढाएर बागमती प्रदेश बनाउने निर्णय भएको जानकारी दिँदै अध्यक्ष डीनाले आवश्यक कानूनी प्रक्रिया पूरा गरि चितवनमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन । चितवनमा रहेका सहकारी संस्थाहरु संग हातेमालो गरि काम गर्ने इच्छा भएको उनको भनाई थियो । मकवानपुरमा १० हजार बढी शेयर सदस्य रहेको दिव्यताराको करिब ३ अर्बको कारोबार रहेको छ । सहकारीले रेडियो मकवानपुर, तोरीको तेल उत्पादन तथा विक्री र उपभोक्ता सहकारी पसल सन्चालन गरिरहेको छ भने सावुन उधोग र गोलभेंडा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, संविधानसभा सदस्य अन्जनी श्रेष्ठ,नेपाली काङ्ग्रेस चितवनमा सचिव उत्तम जोशी, जिल्ला सहकारी संघ चितवनका निवर्तमान अध्यक्ष टीकाराम भट्टराईसहित दिव्यताराका पदाधिकारी एवम् कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार