७ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा-१० सिसौघारीमा स्थापना गर्न लागेको पाउडर दुग्ध प्लान्ट टेण्डरको परामर्शदार्तामार्फत छानविन हुने भएको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिको मंगलबार हेटौंडामा बसेको बैठकले पाउडर प्लान्ट निर्माणका लागि गरिएको टेण्डरको सम्पूर्ण कागजात मगाई परामर्शदातामार्फत छानविन गर्ने निर्णय गरेको हो । पाउण्डर प्लान्ट निर्माणको टेण्डरमा ठूलो आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा सांसदहरु चन्द्र लामा, जिवन डंगोल, सिता अधिकारी, ओम ग्लान, विनोद खड्का र रमेश पौड्याल रहेका थिए ।
‘दुग्ध विकास बोर्डले सबै कागजात उपलव्ध नगराएकाले पुनः कागजात माग्ने निर्णय गरियो’–समिति सभापति एवं कार्यदल संयोजक श्रेष्ठले भने–‘कागजात आएपछि परामर्शदाता नियुक्त गरी छानविन अघि बढाईने छ ।’ टेण्डर प्रकाशित भएपछि अनियमितताको उजुरी परेको थियो । त्यसपछि टेण्डर प्रक्रिया रोक्न लेखा समितिले दिएको निर्देशन समेत प्रदेश दुग्ध विकास बोर्डले वेवास्ता गरेको श्रेष्ठको भनाई छ । टेण्डरमा इजि इन्फ्रा प्रालि र गौरेश्वर निर्माण सेवा प्रालिले सहभागिता जनाएका थिए ।
भौतिक संरचना निर्माणसहित पाउडर प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपैंया लागत लाग्ने भएपनि मूल्य बढाएर ४५ करोडको इष्टिमेट गरिएको र ४१ करोड २२ लाखमा निर्माणको जिम्मा दिएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले टेण्डर प्रक्रियामा एक दर्जन बढि त्रुटी औल्याएको जनाईएको छ । ‘कम लगातमा निर्माण हुनेमा मूल्य बढाएर टेण्डर दिईनुमै अनियमितताको आशंका गरिएको छ ।’–लेखा समितिका एक सदस्यले भने । समितिले टेण्डर प्रक्रियाबारे संघीय सरकार अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत राय मागेको छ ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

