९ पुस, हेटौंडा । आफ्नो २४ औं वार्षिक साधारणसभा एवम् रजत महोत्सवको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुद्देश्यीय सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीले पुस ९ गतेदेखि पुस १५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले कोरोना महामारीका कारण सहकारीको कार्यक्रम फरक ढंगबाट गर्न लागिएको जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार पुस ९ गते विहीबार संस्थाको परिस र मेनरोडको सरसफाई कार्यक्रम र साधारणसभाको शुभारम्भ गरिनेछ ।
त्यस्तै १० गते संस्थाको प्राङ्गणमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिनेछ भने ११ गते रक्तदान तथा वृद्धवृद्धा सम्मानको कार्यक्रम राखिएको छ । १२ गते औद्योगिक क्षेत्रको नवनिर्मित भवन अगाडि धुपीको बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । १३ गते सदस्यहरु र संस्थाका सञ्चालक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखिएको छ ।
यस्तै १४ गते मान सेवा आश्रममा आश्रितलाई खाद्यान्न बितरणको कार्यक्रम गरिने र १५ गते २४ औं वार्षिक साधारणसभा तथा रजत महोत्सव समापन कार्यक्रम राखिएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
हेटौंडा उपमहानगर र मनहरी गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ८ सय ७ जना शेयर सदस्य रहेका छन् । सहकारीले बचत तथा ऋणको कारोबार साथै निर्माण सामाग्री तथा ग्यासकोसमेत व्यावसायिक सेवा प्रदान गर्दै आएको छ ।
सहकारीले बितेको आर्थिक वर्षमा मात्रै एक अर्ब १७ करोड ८८ लाख रुपैयाँको आर्थिक कारोबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । हेटौंडा–९ नम्बर वडाध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







