Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवी दुग्ध सहकारीको अध्यक्षमा पुनः तिमल्सिना

20210104_155432-1609755048.jpg

२० पुस, हेटौंडा । हेटौंडा-१७ मा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामप्रसाद तिमल्सिना चयन भएका छन् ।
संस्थाको २६ औं साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । समितिको सदस्यहरूमा टीका कार्की, राजेन्द्र कुमार ओली, राधिका हुमागाई, डोरनाथ ढुंगाना, बुद्धिकृष्ण सापकोटा, सरस्वती रिमाल, अर्जुनकुमार घिमिरे र सरस्वती पुडासैनी न्यौपानेसहित ९ सदस्यीय समिति चयन भएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा रमेशकुमार घिमिरे र सदस्यहरूमा भीमप्रसाद अधिकारी र निलादेवी तिमल्सिना रहेका छन् । जिल्ला संघ प्रतिनिधिमा दिव्यराज धमला चयन भएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता, हेटौंडा-१७ का अध्यक्ष भैरव राईको बिशेष आतिथ्यता एवं संस्थाका अध्यक्ष  रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको  थियो ।
कार्यक्रममा अध्यक्ष तिमल्सिनाबाट बार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीबाट लेखा सुपरीवेक्षण प्रतिवेदन, संयोजक टिका कार्कीबाट ऋण उपसमिति प्रतिवेदन प्रस्तुत भएका थिए ।
कार्यक्रममा हेटौंडा-१७ का सदस्य भीमप्रसाद अधिकारी, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद नेपाल, उपाध्यक्ष प्रतिभा चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
टाढाबाट दूध विक्रि गर्न आउने कृषक बलराम अधिकारी, गुणस्तरीय दुग्धतर्फ टीका कार्की, विसमबहादुर कार्की, असल ऋणीतर्फ निलादेवी तिमल्सिना, दिनेशकुमार धमला, बढि दूध ल्याउने गोविन्दप्रसाद दाहाल लगायतलाई सम्मान गरिएको थियो ।
संस्थामा ३६६ जना शेयर सदस्य आवद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार