Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

राजदेवी दुग्ध सहकारीको अध्यक्षमा पुनः तिमल्सिना

20210104_155432-1609755048.jpg

२० पुस, हेटौंडा । हेटौंडा-१७ मा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामप्रसाद तिमल्सिना चयन भएका छन् ।
संस्थाको २६ औं साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । समितिको सदस्यहरूमा टीका कार्की, राजेन्द्र कुमार ओली, राधिका हुमागाई, डोरनाथ ढुंगाना, बुद्धिकृष्ण सापकोटा, सरस्वती रिमाल, अर्जुनकुमार घिमिरे र सरस्वती पुडासैनी न्यौपानेसहित ९ सदस्यीय समिति चयन भएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा रमेशकुमार घिमिरे र सदस्यहरूमा भीमप्रसाद अधिकारी र निलादेवी तिमल्सिना रहेका छन् । जिल्ला संघ प्रतिनिधिमा दिव्यराज धमला चयन भएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता, हेटौंडा-१७ का अध्यक्ष भैरव राईको बिशेष आतिथ्यता एवं संस्थाका अध्यक्ष  रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको  थियो ।
कार्यक्रममा अध्यक्ष तिमल्सिनाबाट बार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीबाट लेखा सुपरीवेक्षण प्रतिवेदन, संयोजक टिका कार्कीबाट ऋण उपसमिति प्रतिवेदन प्रस्तुत भएका थिए ।
कार्यक्रममा हेटौंडा-१७ का सदस्य भीमप्रसाद अधिकारी, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद नेपाल, उपाध्यक्ष प्रतिभा चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
टाढाबाट दूध विक्रि गर्न आउने कृषक बलराम अधिकारी, गुणस्तरीय दुग्धतर्फ टीका कार्की, विसमबहादुर कार्की, असल ऋणीतर्फ निलादेवी तिमल्सिना, दिनेशकुमार धमला, बढि दूध ल्याउने गोविन्दप्रसाद दाहाल लगायतलाई सम्मान गरिएको थियो ।
संस्थामा ३६६ जना शेयर सदस्य आवद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार