२५ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
कोरोना भाईरसका कारण एकैदिन भेला गर्न सहकारी विभागले रोक लगाएका कारण सामाजिक दुरी कायम गरी भेला गरिएको थियो । पुस २३ गतेदेखि शुरु भएको भेला शनिवार सम्पन्न भएको हो ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भेला भएको हो ।
भेलामा संस्थाका अध्यक्ष न्यौपोनेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, व्यवस्थापक लक्ष्मण सापकोटाले आव ०७६÷०७७ को लेखा परीक्षण प्रतिवेदन र कृषक हितकोषका संयोजक रामहरि चौलागाँईले हितकोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा गोठ सफा राख्ने धु्रवराज शर्मा, भाडा सफा राख्ने जीवकुमारी धिताल, गुणस्तरीय दूध विक्री गर्ने रामजी ढकाल, बढी पशु आहार खरीद गर्ने जयराम घिमिरे, रामनाथ बास्तोला, हेमलाल अर्याल, बढी दूध विक्री गर्ने फर्म तर्फ बासुदेव अधिकारी र किसान तर्फ दुर्गादेवी ढुङगानालाई पुरस्कृत गरिएको थियो ।
यसैगरी नियमित बचत गर्ने रामकुमारी बस्नेत, विश्वनाथ सापकोटा, विष्णुकुमार श्रेष्ठ, असली ऋणी तर्फ नेत्रप्रसाद ढुङगेल, धु्रवराज शर्मा, उत्कृष्ठ कर्मचारीमा व्यवस्थापक लक्ष्मण सापकोटा, सहायक व्यवस्थापक बलराम सञ्जेल र रामकृष्ण दुलाललाई पनि पुरस्कृत गरिएको थियो ।
भेलामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, पूर्व अध्यक्ष केशवप्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, मक्रान्चुली सहकारीका अध्यक्ष रामहरि न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थामा हाल ३ सय २७ जना शेयर सदस्यहरु रहेका छन ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

