Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बंशगोपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न

136757715_364507917227305-1610170048.jpg

२५ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
कोरोना भाईरसका कारण एकैदिन भेला गर्न सहकारी विभागले रोक लगाएका कारण सामाजिक दुरी कायम गरी भेला गरिएको थियो । पुस २३ गतेदेखि शुरु भएको भेला शनिवार सम्पन्न भएको हो । 
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भेला भएको हो ।
भेलामा संस्थाका अध्यक्ष न्यौपोनेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, व्यवस्थापक लक्ष्मण सापकोटाले आव ०७६÷०७७ को लेखा परीक्षण प्रतिवेदन र कृषक हितकोषका संयोजक रामहरि चौलागाँईले हितकोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा गोठ सफा राख्ने धु्रवराज शर्मा, भाडा सफा राख्ने जीवकुमारी धिताल, गुणस्तरीय दूध विक्री गर्ने रामजी ढकाल, बढी पशु आहार खरीद गर्ने जयराम घिमिरे, रामनाथ बास्तोला, हेमलाल अर्याल, बढी दूध विक्री गर्ने फर्म तर्फ बासुदेव अधिकारी र किसान तर्फ दुर्गादेवी ढुङगानालाई पुरस्कृत गरिएको थियो । 
यसैगरी नियमित बचत गर्ने रामकुमारी बस्नेत, विश्वनाथ सापकोटा, विष्णुकुमार श्रेष्ठ, असली ऋणी तर्फ नेत्रप्रसाद ढुङगेल, धु्रवराज शर्मा, उत्कृष्ठ कर्मचारीमा व्यवस्थापक लक्ष्मण सापकोटा, सहायक व्यवस्थापक बलराम सञ्जेल र रामकृष्ण दुलाललाई पनि पुरस्कृत गरिएको थियो । 
भेलामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, पूर्व अध्यक्ष केशवप्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, मक्रान्चुली सहकारीका अध्यक्ष रामहरि न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थामा हाल ३ सय २७ जना शेयर सदस्यहरु रहेका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार