२३ साउन, हेटौँडा । उद्योग तालाबन्दीको घोषणा गरेको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड र आन्दोलनरत मजदुरबीच आइतबार सहमति जुटेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफलपछि अपरान्ह सहमति जुटेको हो ।
सहमतिमा सामुहिक सौदावाजीमा आवासकोषको सन्दर्भमा भएको निर्णय कार्यान्वयन गर्ने, ७ कर्मचारीको निलम्बन फुकुवा गर्ने, सौदावाजी सहमतिको २ बर्षसम्म हड्ताल गर्ने, व्यवस्थापनले उद्योग सूचारु गर्ने निर्णय भएको छ । उद्योग व्यवस्थापनले आफुले गरेका सहमतिसम्बन्धी निर्णय ३० दिनभित्र कार्यान्वयन गर्ने भएको छ । प्रशासनको रोहवारमा उद्योग संघ, मकवानपुर उद्योग बाणिज्य संघ, ट्रेड युनियन र मजदुर प्रतिनिधिबीच छलफल भएको अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरका संयोजक कुमार पौडेलले बताए ।
उद्योगकोतर्फबाट कारखाना संचालक तथा सप्लाई चेक प्रमुख अभिजित मुखोपाध्यायसहित तीनजना उपस्थित भएका थिए ।ले हस्ताक्षर गरी हेटौँडाको बसामाडिमा रहेको उद्योगको मूल गेटमा सूचना टाँसेर तालाबन्दी गर्ने घोषणा गरेपछि जिल्ला प्रशासनमा छलफल भएको थियो । जेठ १६ गते उद्योग व्यवस्थापन र श्रम सम्बन्ध समितिबीच भएको सहमति कार्यान्वयनको माग गर्दै कामदारहरु लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धव पहाडी, चित्तबहादुर विक, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रविबाबु मल्ल एक महिनादेखि धर्नामा थिए ।
व्यवस्थापनले उनीहरुलाई निलम्बन गरेपछि परिस्थितिले जटिल मोड लिएको थियो । उद्योगमा दुई सय आठ जना मजदुर कार्यरत छन् ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















