विकेशलाल श्रेष्ठ
४ चैत, हेटौंडा । विनय एण्ड विकेश सप्लायर्सका संचालक युवा व्यवसायी विकेशलाल श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वाणिज्यतर्फको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका काम गर्ने प्रतिवद्धतासहित ८ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।सामाजिक कार्यमा समेत परिचित श्रेष्ठले पहिलो पटक संघको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफुले व्यवसायीका समस्या पहिचान गर्दै उनीहरुको हितमा काम गर्ने बताएका छन् । उनले उद्योगी व्यवसायीहरुसंग सहकार्य गर्दै व्यवसायिक र उपभोक्ताहितको क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको बताए । उद्योग बाणिज्य संघलाई सबै व्यवसायीको साझा थलोको रुपमा अघि बढाउनेतर्फ आफ्नो सधैं पहल रहने बताउँदै यसलाई सानादेखि ठूला व्यवसायीले उत्तिकै पहुँच राख्ने संख्थाको रुपमा अघि बढाउन आफ्नो पहल रहने उनको भनाई छ ।
व्यवसायिक संस्थामा प्रवेश गरेपछि आफले राजनैतिक आस्था र बिचारबाट भन्दा आम व्यवसायीहरुको सुझाव अनुसार अघि बढ्ने अठोट राखेका छन् । उनले आफुले अहिले पनि आवश्यक पर्दा व्यवसायीको समस्या समाधानमा साथ दिईरहेको बताउँदै संघमा जिम्मेवारी पाए यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।मउवा संघलाई प्रविधिमैत्री बनाउने, साना तथा घरेलु उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा ३६५ दिन नै हेल्प डेक्सको स्थापना गरी त्यहाँ पुगेका उद्योगी व्यवसायीलाई सहजिकरण गर्न प्रयास गर्ने उनको भनाई छ । करको अज्ञानताका कारण धेरै व्यवसायीहरु मारमा परिरहेको भन्दै उनले व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत र विशेष तालिम निःशुल्क उपलब्ध गराउनेतर्फ आफुले अग्रसरता लिने बताए । घरधनी, घरबहालमा बस्ने र सरोकारवाला निकायसंगको अन्तरक्रियामार्फत घर बहाल कर सम्बन्धी समस्या समाधान गर्न घर बहाल कर सम्बन्धित घरधनीले भुक्तानी गर्नुपर्ने प्रचलित नियमलाई कार्यान्वयनका लागि पहल गर्ने उनको भनाई छ ।
व्यवसायिक समानता र एकरुपता कायम गर्ने, व्यवसायीलाई उपभोक्ताप्रति जिम्मेवार बनाउने, समयसमयमा अनुगमन गर्ने र सहयोग सुझाव प्रदान गर्ने, व्यवसायीलाई पर्ने गरेका प्रशासनिक जटिलता अन्त्य गर्नको लागि पहल गर्ने उनको दावी छ । संघको ५४ औँ साधारणसभा चैत २१ गते र निर्वाचन तालिका २३ गतेका लागि तय भएको छ ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

