Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौंडामा खाद्यान्न र फलफूल सहयोग गर्दै सहकारी दिवस मनाइयो

Screenshot_20210402-19243-1617370878.jpg

२० चैत,हेटौंडा। हेटौंडामा पनि सहकारी दिवस मनाइएको छ। बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा हेटौंडामा रहेका ३ वृद्धाआश्रममा फलफूल र खाद्यान्न वितरण गरेर हेटौंडामा सहकारी दिवस मनाइएको हो।  

६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गर्दै सहकारी दिवस मनाइएको हो ।कार्यक्रममा बोल्दै सहकारी मन्त्री लामाले सहकारीहरु आफुमा मात्रै सिमित नभई सामाजिक क्षेत्रमा समेत सहभागी भएकोमा खुशि ब्यक्त गरेका छन।

बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा भएको कार्यक्रम अन्तर्गत शुक्रबार हेटौंडा-९ मा रहेको मानव सेवा आश्रम, हेटौंडा -११ मा रहेको मामाघर नेपाल र हेटौंडा-३ मा रहेको राजदेबि असहाय आश्रममा  फलफुल तथा १ दिनलाइ पुग्ने खाद्यान्न खरिदका लागि चेक हस्तान्तरण गरिएको  हो ।

कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटा, बागमती प्रदेश भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, मकवानपुर जिल्ला सहकारी संघका निबर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, सचिब दिनेश उपाध्याय, प्रदेश सहकारी संघका संचालक मेनुका घिमिरे दाहाल, हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी,  जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने,  ग्रामिण महिला सेवा केन्द्राका अध्यक्ष उर्मिला पुडासैनी, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोबिन्द दाहाल,जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका ब्यवस्थापक कुमारमणि दाहाल  लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार