२३ चैत, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ ।
यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ । नयाँ मूल्यसूची गएरराति १२ बजेदेखि लागू हुनेछ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमको आइतबारको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो ।
मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ । निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ ।
एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ ।
३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा हेटौडा-९ गुम्बा चोकमा दिप...
३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...
३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...
३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...
३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...
३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...
३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...
३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...
३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक...
२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक...
२९ चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानी नजिक विद्यार्थी बोकेको स्कलबस र अटो...
२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा...
२९ चैत,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) त्याग गर्दै ३ जना प्रभावशालि नेता कार्यकर्ता नेपाली...
२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ ।...
२५ चैत,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जग्गा किर्ते गरेर बेच्ने एक वकिललाई पक्राउ गरेको छ।९ कठ्ठा ३...
३० चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु...
२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। सरकारले दुई दर्जन बढी...