२७ साउन, हेटौँडा । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागी शुक्रबार जापान प्रस्थान गरेको नेपाली टोलीमा मकवानपुरका तीन जना परेका छन् । २४ सदस्यीय नेपाली टोली शुक्रबार साँझ जापान प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका एलन न्यौपाने, अञ्जन विष्ट र सुनिल बल रहेका छन् । एलन न्यौपाने (गोलकिपर), अञ्जन विष्ट र सुनिल बल (मिडफिल्डर) का रुपमा जापान प्रस्थान गरेका छन् ।
नेपाली टोली १० दिनको प्रशिक्षणका लागी त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो ।
नेपाल एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीमा रहेको छ । १० दिन सम्म जापानमा रहने नेपाली टोलीले जापानको ओसाकामा स्थानीय पाँच क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
जापान जाने टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्नेछन् । यस्तै नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बल रहेका छन् । फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा समावेश भएका छन् । जापान जाने टिममा प्रशिक्षकसहित ६ जना पनि रहेका छन् ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् । समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...
२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...
२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवा...
२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...
१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु...