Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुग्यो

File-Photo-1502726014.jpg

फाइल तस्विर : विश्वराज बानियाँ

३० साउन, हेटौँडा । अविरलको बर्षाका कारण मकवानपुरमा बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या ६ र वेपत्ता हुनेको संख्या ७ रहेको जनाएको हो ।
घटनामा सोमबार थप शव भेटिएपछि मृत्यु हुनेको संख्या ६ पुगेको हो । सोमबार बकैया–१ का मानबहादुर भ्लोन र हेटौँडा कर्राखोला नजिक पहिचान नखुलेका एकजनाको शव फेला परेको प्रशासनले जनाएको छ । यसअघि दुई दिन अघि भीमफेदी–८ की ५५ बर्षिया मिठु दानीको मृत्यु भएको थियो भने आइतबार बाढी पहिरोमा परेका बकैया–१० की पल्मा न्यासुर, बकैया–१ का ३२ बर्षिया सुनमाया मोक्तान, हेटौँडा–१३ का २५ बर्षिय ज्ञानबहादुर डिम्डुङको शव भेटिएको थियो ।
बाढी पहिरोका कारण बकैयामा बेपत्ता भएका ७ जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता हुनेमा अम्बासका बकैया–१० का ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया,  र २ बर्षिय छोरा विकास र बकैया–६ का ४२ बर्षिय बीरबहादुर घलान रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार