Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सरकारले आज अध्यादेशमार्फत् बजेट ल्याउँदै

bajet-1622252253.jpg

सांकेतिक तस्बिर

१५ जेठ, हेटौंडा । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।
मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।
जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ ।
उक्त कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
कोरोना महामारीको मारमा परेको मुलुक र जनतामा आशा जगाउने खालको बजेट ल्याउने चुनौति अर्थमन्त्री पौडेलसमक्ष रहेको छ ।
अर्कातिर देशको ऋण तीन वर्षकै अवधिमा दोब्बर हुँदा प्रतिव्यक्तिको टाउकोमा ५२ हजार पुगेको थियो । जबकी तीन वर्षअघि यो आंकडा २८ हजार थियो । प्रधानमन्त्री केपी ओलीको शासन अवधिमै ऋणको आकार दोब्बर बनेको हो ।
फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।
साधारण खर्चको आकार ह्वात्तै बढेका बेला विकास बजेट भने खर्चै हुन नसक्ने, भएको खर्च पनि असारे विकासका नाममा सकाउने प्रवृत्तिमा कुनै सुधार आएको छैन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार