Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

लियो तथा लायन्स क्लबद्वारा मकवानपुरको राक्सिराङमा खाद्यान्न सहयोग

Screenshot_20210531-14514-1622452170.jpg

१७ जेठ,हेटौंडा। मकवानपुरमा कृयाशिल लायन्स क्लब अफ हेटौडा  तथा लियो क्लबहरुको सहयोग तथा गाउँपालिकाको समन्वयमा मकवानपुरको विकट राक्सिराङ गाँउपालिकाको २ वटा वडामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। 

लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ,लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको समन्वय र सहकार्यकामा संयुक्त रुपमा राक्सिराङको दुईवटा वडाका ३० घरपरिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री  सहयोग गरिएको हो।लियो तथा लायन्समा आवद्ध ४ वटा क्लबले राक्सिराङ गाउँपालिकाको  वडा नम्बर ४ र ५ का ३० घर परिवारलाई चामल २० किलो,दाल-२ किलो,नुन- १ प्याकेट,तेल- १ लिटर,सोयाबिन- १/२ किलो, साबुन- ६ पिस, मास्क- १० पिस सहयोग गरेका हुन। 

उक्त स्थानमा बसोवास गर्ने मानिस ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको र निषेधाज्ञा जारीभएसँगै जीविकोपार्जन गर्न समस्या परेको समाचार बिहिरिएसँगै लायन्स र लियोको सकृयतामा खाधान्न तथा स्वास्थ्य सामाग्री सहयोग सहयोग गरिएको  लायो तथा लायन्स क्लबमा आबद्ध मकवानपुरका युवा समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिएका छन। 

एउटा नागरिकले अर्को नागरिक समस्यामा पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाले लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने मानिसहरुको समस्यामा मलम लगाउन लियो तथा लायन्समा आवद्ध विभिन्न क्लबको पहलमा खाधान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवालले बताए।हामी सेवा गर्छौ भन्ने लायन्सको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक अवस्था कमजोर भएका उक्त गाउँपालिकाको दुई वटा वडाका ३० घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको कार्यक्रमका कार्यक्रम संयोजक कुमार पोखरेलले बताए। 

कार्यक्रममा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका अध्यक्ष तेज प्रसाद उप्रेती ( रमेश),कोषाध्यक्ष अमृत पाठक लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवाल, लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनका संस्थापक अध्यक्ष निराजन बर्तौला लगायतको उपस्थिति रहेको थियो।कोरोना बिरामीलाई सहकार्य गर्दै आएको क्लबले हेटौंडामा अक्सिजन बैंक संचालन गरिरहेको छ भने जिल्लाको विभिन्न स्थानमा पुगेर स्वास्थ सामाग्री तथा खाधान्न वितरण गर्दै आईरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार